हुलाक कार्यालय स्याङ्जाकाे समिक्षा तथा अन्तरक्रिया 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

स्याङ्जा ।

जिल्ला हुलाक कार्यालय, स्याङ्जाले जिल्ला स्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेकाे छ । कार्यालयबाट प्रवाह हुने सेवा तथा संरचनागत सुधारका लागि समीक्षा एवं अन्तरक्रिया गरिएकाे हाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका काषाध्यक्ष एवं रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गाेदारले हुलाक कार्यालयकाे सेवालाई, सेवाग्रहीकाे आवश्यकता र समयानुकुल परिस्कृत गर्दै जानुपर्ने बताए ।

 उनले हुलाककाे आवश्यकता र भूमिका आजपनि उत्तिकै रहेकाे बताउँदै, हुलाक मातहतका संरचनालाई स्थानीय आबश्यकता अनुसारकाे भूमिका सिर्जना गरि परिचालन गर्नुपर्ने बताए ।

काेषाध्यक्ष गाेदारले समिक्षाबाट प्राप्त नतिजामा केन्द्रित रही उच्च मनाेबलका साथ कृयाशिल रहन कार्यालय मातहतका सबैलाई अनुराेध गरे ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिकमत श्रेष्ठ, महासचिब रामचन्द्र नेपाल, हुलाक कार्यालयका लेखापाल रमेश बिश्वकर्मा , ईलाका हुलाक भुम्रेका प्रमुख राहुल बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला हुलाक अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले कार्यालयकाे सेवा प्रवाह  र  हुलाककाे आैचित्य, डाँक आयात निर्यात सम्बन्धि नायब सुब्बा रमेश राज ढकाल, अतिरिक्त हुलाक सम्बन्धि कानुनी व्यवस्था सुरेश थापा र लेखापाल रमेश विश्वकर्माले लेखा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुति सहित सहजीकरण गरेका थिए ।

 कार्यक्रममा जिल्ला हुलाक कार्यालय तथा जिल्लाका सबै ईलाका हुलाक कार्यालयका प्रमुख एवं प्रतिनीधीकाे सहभागिता रहेकाे थियाे ।

जिल्ला हुलाक कार्यालय, स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाकाे अध्यक्षतामा सम्पन्न कार्यक्ममा स्वागत मन्तव्य कार्यालयका नायब सुब्बा ज्ञानेन्द्र मरासिनीले र कार्यक्रमकाे संचालन खरिदार सुरेश थापाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्