पाेखरा ४ मा जुवातास खेलिरहेका ६ जना नगदसहित प्रकाउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

पाेखरा ४ मानवअधिकारचाेक स्थित यम बहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सीका किराना पसलमा अवैध रूपमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. १५ रामबजार बस्ने वर्ष ३२ को यम ब. गुरुङ (संचालक), पोखरा म.न.पा. वडा नं.१० फुलबारी बस्ने वर्ष ३५ को भोज बहादुर गुरुङ,पोखरा म.न.पा. १० रामबजार बस्ने वर्ष ३२ को गुमान गुरुङ, पोखरा म.न.पा. १ बगर बस्ने वर्ष ४८ को ज्योतिन्द्र बि.क., पोखरा म.न.पा. १५ फलेपाटन बस्ने वर्ष ५० को बम बहादुर पुन र पोखरा म.न.पा. १७ घारीपाटन बस्ने वर्ष ४० की शान्ती गुरुङ रहेका छन् ।

जुवाखालबाट प्रहरीले नगद रु.४६,९७५।- (छ्यालिस हजार नौं सय पचहत्तर) र तास समेत बरामत गरेकाे छ ।

शनिवार अन्दाजी ७ : १० बजेको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएकाे प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

 पक्राउ परेकाहरुलाई जुवा सम्बन्धी मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्