विश्व शान्ति स्तूप अनदूको अध्यक्षमा उत्तममान बुद्धाचार्य

  • ख-
  • ख+

पोखरा,भदौ २८ । विश्व शान्ति स्तूप अनदू पोखराको अध्यक्षमा उत्तममान बुद्धाचार्य चयन भएका छन ।

स्तूपको ११ औ बार्षिक साधारण सभा तथा ५ औ अधिवेशनले बुद्धाचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्ष अशोक गुरुङ,सचिव प्रकाशमान उदास,कोषाध्यक्ष अशोकमान बुद्धाचार्य,सह सचिवमा चमबहादुर गुरुङ चयन भएका छन ।

त्यस्तै खेमराज पौडेल,कृष्णमान गुभाजु,गोविन्द बहादुर ताम्राकार,दुर्गा बहादुर गुरुङ,राजकुमारी गुरुङ र जमुना गुरुङ सदस्यमा चयन भएका छन ।

नयाँ कार्यसमितिको पहिलो बैठकले अनिल रत्न बुद्धाचार्य र मन कुमारी गुरुङलाई सदस्यमा मनोनित गरेका छ । दुई सदस्य थप संगै पहिले बैठकले अनिल रत्न बुद्धाचार्यलाई सह कोषाध्यक्षको जिम्मेवारी समेत दिएको छ ।

शंकर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुुभाजुले घेरुवामा दिप प्रज्वलन गरि कार्यक्रमको उद्धघाटन गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष उत्तममान बुद्धाचार्यले स्वागत मन्तव्य,सचिव अशोक गुरुङले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुद्धाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निर्वाचन संयोजक प्रकाशमान गुभाजुले नयाँ कार्य समितिका सबैलाई खादा र अबिर लगाएर शुभकामना समेत दिएका थिए ।

अध्यक्ष बुद्धाचार्यले स्तूपा विकासको लागि आफ्ना प्रतिबद्धता जनाउदै फूजी गरुजी,अनागारिका गुरुमा धर्मशीला,पूर्व मन्त्री मीनबहादुर गुरुङ लगायत दिवंगत सहयोगीहरुको निर्वाण लाभको कामना समेत गरेका थिए ।

कार्यक्रममा शंकर गुरुङ,दायक सभाका अध्यक्ष गोविन्दबहादुर ताम्राकार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन समितिको संयोजकमा प्रकाश मान गुभाजु सदस्यमा क्या.भुवन सिं गुरुङ र सुबेदार यम बहादुर गुरुङ रहेका थिए ।

वि.स २०३० साल भदौ २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक फूजी गुरुजी,अनागारिका गुरुमा र पूर्व मन्त्री मीन बहादुर गुरुङबाट विश्व शान्ति स्तूपको शिलान्यास भएको स्तूपका सचिव प्रकाशमान उदासले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्