अनेरास्ववियु कास्कीद्वारा घोतघोतेका आगलागी पीडितलाई  राहात सामाग्री वितरण 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

अनेरास्ववियु जिल्ला कमिटी कास्कीद्वारा  पोखरा महानगरपालिका वडा नम्बर २९ घोतघोतेमा दृष्टिविहीन निवासमा भएको आगलागीबाट क्षति भएका पीडितलाई सामाग्री वितरण गरेको छ ।

शनिबार पीडितको क्षेत्रमै पुगेर १५ हजार रुपैयाँ बराबरकाे राहात सामाग्री वितरण गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी  दिए ।

राहतमा चामल, दाल, तरकारी, दालमोठ, चिउरा, भुजा लगायत अन्य करिव एक हप्तालाई पुग्ने गरी प्रदान गरिएको अध्यक्ष पोखरेलेले बताए ।

स्थानीय जनप्रतिनिधिहरुको रोवरमा राहत सामग्री वितरण गरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष सुनिल तिमिल्सिनासहित अनेरास्ववियुको जिल्ला स्तरीय नेताको उपस्थिति थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्