त्रिवि शिक्षाशास्त्रको स्नातकोत्तरमा २९ मंसिरमा प्रवेश परीक्षा, ११ पुसदेखि पढाइ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायले स्नातकोत्तर तहमा धमाधम भर्ना आवेदन खुला गरेका छन् ।

शिक्षाशास्त्र संकाय, डीनको कार्यालयले शैक्षिक सत्र २०८०÷०८१ को लागि स्नातकोत्तर तहमा भर्नाको लागि प्रवेश परीक्षा आवेदन खुला गरेको छ ।

२९ मंसिरको दिउँसो १ बजे प्रवेश परीक्षा सञ्चालन हुने र ४ पुसमा नतिजा सार्वजनिक हुनेछ । ५ पुसदेखि १० गतेसम्म भर्ना हुने र ११ पुसदेखि कक्षा सुरु हुनेछ ।

शिक्षाशास्त्र संकायले सेमेष्टर प्रणालीमा आधारित एमएड र एमएसएसइडी (मास्टर अफ सोसियल स्टडीज एजुकेशन) शैक्षिक कार्यक्रमको लागि भर्ना प्रवेश परीक्षाको आवेदन खुला गरेको छ ।

१ मंसिरदेखि आवेदन खुला गरेको संकायले २५ मंसिरसम्म इच्छुक विद्यार्थीले आवेदन फारम अनलाइनमार्फत बुझाउन सक्नेछन् । एक हजार पाँच सय तोकिएको प्रवेश परीक्षा शुल्क ई–सेवा बाट मात्रै भुक्तानी गर्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्