लिटल फ्लावरमा पुष्परोपण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७, रिठेपानीमा अवस्थित विद्यालय लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार शिक्षक कर्मचारीको सहभागीतामा पुष्परोपण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका कार्यबाहक सञ्चालक अध्यक्ष दिपेन्द्र राईले विद्यालय जस्तो पवित्र ठाउँमा पुष्परोपण कार्यक्रमले थप सौन्दर्य बढाउने बताए । प्रिन्सिपल विकल पौडेलले रोपेका पुष्प तथा विरुवाको गोडमेल र उचित संरक्षण आवश्यक पर्नेमा जोड दिए ।

विद्यालयका इन्चार्ज रामप्रसाद अधिकारी, हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्योपाने लगायतले सराहनीय कार्य भन्दै रेखदेखमा जोड दिन अग्रह गरे । कार्यक्रमको सञ्चालन विष्णुहरि पौडेलले गरेका थिए । विद्यालयमा हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका सात सय विद्यार्थीहरु अध्ययनरत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्