प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनी: १ सय ७२ आविष्कार प्रदर्शन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । हरेक गतिविधिमा अग्रणी बनिरहेको पोखरा नदिपुर स्थित प्रतिभा माविले शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए ।

विद्यालयका प्रिन्सिपल किरण सापकोटा थप्छन् – ‘हामीले यस वर्ष पनि विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि आगामी शुक्रबार बिजनेश प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक हिसाबमै राखेका छौँ । उत्कृष्ट हुनेहरुलाई सिड मनी ५ लाखसहित आकर्षक पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।’

प्रतिभाले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन राखेको प्रदर्शनीमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका हुन् । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् ।

विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । प्रदर्शनीमा विज्ञानका कुरा मात्र छैनन् । घरयासी प्रविधिदेखि स्मार्ट सिटीका योजना छन् ।

उत्कृष्टमध्ये कक्षागत वर्गिकरण गरी पुरस्कृत गरिने भएको छ । कक्षा ४ र ५ का विद्यार्थीबीचको आविस्कारमा उत्कृष्ट हुनेले ३ हजार, २ हजार र १ हजार क्रमश: पाउनेछन् । कक्षा ६, ७ र ८ का विद्यार्थीबीचको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ५ हजार, ३ हजार र २ हजार पाउनेछन् । कक्षा ९ र १० बीचमध्ये उत्कृष्ट हुनेले ७ हजार ५ सय ५ हजार र ३ हजार पाउनेछ भने ११ र १२ कक्षामध्ये उत्कृष्ट हुनेले २० हजार, १५ हजार र ७ हजार ५ सय तथा सबै उत्कृष्टले मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रदर्शनीको शिक्षा विकास तथा समन्वय एकाई, कास्कीका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव प्राचार्य किरण सापकोटाले प्रतिभामा उपयोग गरी मुलुककै गर्वलायक शैक्षिक संस्था बनाएकोमा उनले खुशी व्यक्त गरे । विद्यार्थी सुसंस्कायुक्त, इमान्दार बन्नुपर्ने भन्दै उनले यही पुस्ताले अब मुलुक समृद्ध बनाउने पनि बताए ।

कार्यक्रममा विद्यालयका निर्देशक बलबहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सिनियर फिजिक्स टिचर मदन लामिछानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्