नक्कली फेसबुक आईडी बनाई ब्ल्याकमेल गर्ने १६ वर्षीय बालक पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नक्कली फेसबुक आईडी बनाई ब्ल्याकमेल गर्ने १६ वर्षीय बालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २७ का  बालक हुन् । उनले  एउटै स्कुलमा पढ्ने १६ वर्षीय बालिकालाई नक्कली फेसबुक आईडी बनाई ब्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा कास्की प्रहरीले पक्राउ गरेको हो ।

बालकले गत सोमवारदेखि बालिकाको फोटो तथा भिडियोहरुलाई अश्लील बनाई फेसबुकमा पोष्ट गरिदिन्छु, आफन्तलाई समेत पठाई बेईज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा ब्ल्याकमेल गर्ने गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले बालकले प्रयोग गर्ने २ थान मोवाईल समेत नियन्त्रणमा लिएको छ । उनलाई विद्युतिय कारोवार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अन्य अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्