कारले स्कुटरलाई ठक्कर दिदा दुई किशाेरीकाे मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।  पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई किशोरीको मृत्यु भएकाे छ।

आईतबार दिउँसो पोखरा २६, सुन्दरीबजार क्षेत्रको पृथ्वीराजमार्ग खण्डमा बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटरमा सवार किशोरीहरूकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पोखरां २५ हेम्जा बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा ५ जिरो बस्ने २४ वर्षीय भावना बराल रहेका छन्।

घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । चिकित्सकले अनिशालाई ४ बजेर ३९ मिनेटमा मृत घोषणा गरेका हुन् । भावनालाई पोखराकै चरक मेमोरियल अस्पताल रिफर गरिएकोमा उनको साँझ ७ बजेर १५ मिनेटमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ठक्कर दिने कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्