व्यापार मेलामा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन् ।

शिक्षालयका प्रशिक्षकहरु कृष्णप्रसाद धिताल,मनोज पौडेल र सुमन सुवेदीको नेतृत्वमा आएका शिक्षालयमा डिप्लोमा इन अटोमोवाइल्स इञ्जिनियरिङ अध्यनरतसहित करिब ८० जना विद्यार्थीले अटो,औद्योगिक तथा मेड इन नेपाल पेभेलियनसहित मेलामा रहेका स्टलहरुको अवलोकनसहित शैद्धान्तिक र प्राविधिक ज्ञान लिएका हुन् ।

विद्यार्थीहरुलाई अध्ययन–अवलोकनको माध्यमबाट व्यवहारिक शिक्षा दिने नीति अनुरुप यो भ्रमण तय गरिएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । दक्ष र बजारले खोजेको जनशक्ति उत्पादनको अभियानमा लागेको शिक्षालयले विद्यार्थीहरुलाई स्वरोजगार र त्यो पनि नभए रोजगारसँग जोड्ने नीति तयर गेको बताउँदै व्यापार मेला अवलोकनले विद्यार्थीमा आत्मविश्वास जागेको धारणा व्यक्त गरे ।

मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले विद्यार्थीहरुलाई आफूले उपभोग गर्ने सामानहरु कसरी उत्पादन हुन्छ,त्यसको प्रवद्र्धन र बिक्रीमा कस्तो कला अपनाउनुपर्छ भन्नेबारे जानकारी राख्न सुझाए । उपभोक्ताको आवश्यता र रुचिलाई केन्द्रमा राखेर उत्पादन गर्दा बजार अभाव नहुने उनको धारणा थियो ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइराला,संघका महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, कार्यसमिति सदस्य भीम गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्