पाेखरा १ मा फुटपाथ क्लियर गरिदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा महानगरपालिका वडा नम्वर १ ले मानिसकाे आवातजावत बढि हुने र सवारी चाप हुने  मुख्य एरियामा फुटपाथ क्लियर गराउने अभियान थालेकाे छ ।

यसअघि वडाले जारी गरेको सार्वजनिक सूचनाको वेवास्ता गरे पनि आईतवारदेखि फुटपाथमा राखिएका निर्माण तथा फूटपाथका व्यापार हटाउन सुरु गरेकाे हाे ।

आईतवार जनप्रतिनिधि र नगर प्रहरी निरिक्षक पुरुषाेत्तम थापासहितकाे टाेलीले केआईसिंह पुल, वगर यरिया र ट्याक्सिचाेक एरियामा फूटपाथका सामान हटाएकाे हाे । यस कार्यलाई निरन्तरता दिने  पाेखरा १ का वडाध्यक्ष शाहारा प्रधानले बताए ।

उनले पाेखरा १ मा फूटपाथकाे बजार सुरक्षित गर्न ३५ दिने सूचना निकाले पनि चाडपर्वले गर्दा ताकेता नगरेकाे र अव भने  व्यवसायीलाई फूटपाथबाट व्यवसाय अन्तिम अनुराेध गरिएकाे बताए ।

अन्यथा माघभित्र जुनसुकै हालतमा पनि फुटपाथ क्लियर गर्ने उनकाे दावी छ ।

नगर प्रहरी निरिक्षक पुरुषाेत्तम थापाले फुटपाथ व्यापार गर्नका लागि नभई हिड्नका लागि भएकाे बताउँदै फुटपाथ क्लियर गर्ने अभियान जारी रहेकाे बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्