मध्यराति सुनकाे सिक्री लुट्ने व्यक्ति पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

कास्की प्रहरीले मध्यराति सिक्री लुट्ने युवकलाई पक्राउ गरेको छ ।

बुधबार राति ११:४५ बजेको समयमा पोखराको महेन्द्रपुलमा हिँडिरहेका पोखरा २७ जरुवाका हेमन्त पुनको घाँटीमा लगाइरहेको सिक्री लुटेर फरार भएका पोखरा ४ सिद्धार्थचोक बस्ने २७ वर्षीय सुमन परियारलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २९ वर्षीय हेमन्तले आफ्नो सिक्री लुटेर भागेको सूचना प्रहरीलाई दिएका थिए । तत्काल महेन्द्रपुल बिटमा खटिएका प्रहरी टोलीले सर्च गर्दा सिद्धार्थचोकमा सुमनको साथमा फेला परेको थियो ।

उनको हुलिया र सिक्री सनाखत गर्दा हेमन्तकै भएको खुलेको थियो । पक्राउ परेका सुमन विरुद्ध अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्