श्रीमतीकाे हत्या आराेपमा श्रीमान पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरामा आफ्नै श्रीमतीकाे घाँटी थिचेर हत्या गरेकाे आराेपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दि जिल्ला धाैलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पाेखरा २९ नाैविसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्ती हुन् ।

उनले २८ वर्षीय श्रीमती रेखा घर्तीलाई विहिवार दिउँसाे १:४० वजेकाे समयमा पाेखरा २९ नौबीसे चोक स्थित तोरी बारीमा घाँटी थिची हत्या गरेकाे आराेप छ ।

उनलाई ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला कार्यालय कास्कीद्वारा प्राप्त मेलमा उल्लेख छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्