लेखनाथमा बस दुर्घटना,एक फुटपाथ व्यापारीकाे मृत्यु,बसमा सवार ३ जना घाईते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा २७ लेखनाथ डाँडाकाेनाकमा बस दुर्घटना भएकाे छ । शनिवार विहान भएकाे दुर्घटनाबाट एक जना फुटपाथ व्यापारीकाे मृत्यु भएकाे छ भने वसमा सवार तिन जना घाईते भएका छन् ।

दुर्घटनामा भारत घर भई हाल जिल्ला कास्की पोखरा २७ लेखनाथ महोत्सवमा बाटा (गमला) बिक्री गर्न आएकी ३० वर्षीय इस्श्रावती कुमारीकाे मृत्यु भएकाे हाे ।

बसकाे ठक्करबाट घाईते भएकी  उनकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा १०:३८ वजे मृत्यु भएकाे हाे ।

बसमा सवार यात्रुहरु तनहुँ म्याग्दे गा.पा.८ घर भएको ३६ वर्षीय रामजी गन्धर्ब (बायाँ खुट्टमा चोट), उनकी श्रीमती ३० वर्षीय विष्णु गायक (दाईने हातमा चोट) र पर्सा दिप न.पा.१ बस्ने ४६ वर्षीय चिज माया गन्धर्ब (दायाँ खुट्टामा चोट) घाईते भएका छन् । घाईतेहरुको लेखनाथसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।

२० जना यात्रु लिएर बाग्लुङबाट भैरहवातर्फ जादै गरेको लु १ ख ८३५६ नं.को बस अं.०८:५५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२७ डाँडाकोनाक स्थित ब्रेक फेल भई सडकको दायाँ साईडमा रहेको माटोको ढिस्कोमा ठक्कर खाई  दुर्घटना भएको थियाे ।

 बस चालक र बस ई.प्र.का.शिशुवाको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्