छोरेपाटन मा.वि.को ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।

वार्षिकोत्सव समारोहको विद्यालय प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले विद्यालयले कास्की जिल्ला मै शैक्षिक क्षेत्रको विकासमा अग्रणी भुमिका खेलेको वताउँदै आगामि दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

सो अवसरमा विशेष अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाह्ी योगी, सल्लाहकार तिर्थराज अधिकारी, सम्मानित व्यक्ति झपिन्द्रराज रेग्मी, अभिभावकहरु श्रीराम सुवेदी, देवराज आचार्य, समाजसेवी ऋषभलाल तिमिला, विद्यार्थीहरु विवेक पौडेल र श्रेया लामिछाने शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माले विद्यालयको वार्षिक प्रतिवेदन र लेखा अधिकृत छविलाल पनेरुले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालयलाई सहयोग गर्ने पूर्व केन्द्रीय अध्यक्ष नेपाल प्राध्यापक संघ प्रा.डा.भूपति ढकाल ’कमल’, अधिवक्ता सुकदेव गौतम, विव्यस सदस्य बावुराम लामिछाने, पूर्व वि.व्य.स.अध्यक्ष झपिन्द्रराज रेग्मी र पूर्व शि.अ.संघ अध्यक्ष रविलाल शर्मालाई सम्मान गरिएको थियो ।

त्यसैगरी डम्बरसिहं/सेतु स्मृतिका प्रथम प्र.अ. क्षेत्रबहादुर कँुवर, पं. पुण्यप्रसाद स्मृतिका खेमराज बराल (स.प्र.अ) र नारायण प्रसाद बराल (पूर्व विद्यार्थी), तुलसी स्मृतिका माधव बराल (पूर्व विद्यार्थी), लिलाधर स्मृतिका मायादेवी बराल र रमेश बराल, जनआन्दोलन पुरस्कारका गोविन्द्र गिरीलाई अक्षयकोष स्थापना गरेकोमा सम्मान पत्र, दोसल्ला द्धारा सम्मानित गरिएको थियो ।

त्यस्तै २५ वर्ष शिक्षण गर्ने खेमराज बराललाई दीर्घ सेवा पदक सम्मान र विद्यालयका तर्फबाट विभिन्न खेलमा सहभागी भई पुरस्कार ल्याउन सफल खेलाडीहरु नारायणी भण्डारी र तेन्जिङ रोकालाई सम्मान गरिएको थियो ।

सो अवसरमा सत्प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने शिक्षकहरु दिव्यश्वरी रेग्मी, गणेश प्रसाद तिमिल्सिना, लेखनाथ, टिका पौडेल, रेखा थापा, रोहित बराल, इन्द्र दहाल, गिरिधारी पोखरेल, ठाकुर प्रसाद पोख्रेल र उत्कृष्ट शिक्षक तथा कर्मचारीहरु झरिमाया ढुंगाना, विद्या नेपाली, सीता शर्मा बराल, रमा वाग्ले, रेखा थापा, लिलानाथ आचार्य, इन्द्रप्रसाद दहाल, दिपक सुबेदी, माधव भट्टराइ, रोशन प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसै गरी पुन:स्थापना भएपछि पहिलो पटक भू.पू. विद्यार्थी मञ्चबाट दिएको जेहेन्दार अनुशासन पुरस्कार कक्षा ११ की ज्योति तामाङलाई प्रदान गरिएको थियो ।

सोही अवसरमा विद्यालयको वार्षिक मुखपत्र ज्योत्स्ना अंक ३ लोकार्पण गरिएको थियो । विद्यार्थीहरुले विद्यालय प्राङ्गणमा विभिन्न विज्ञान तथा प्रविधिको प्रदर्शनी गर्नुका साथै नृत्य, नाटक लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले स्वागत, शैक्षिक पुरस्कार संचालन लिलाप्रसाद पराजुली, खेलकुद पुरस्कार संचालन टिकाप्रसाद पौडल, अनुशासन/हाजिरी पुरस्कार संचालन दिव्यश्वरी रेग्मी र छात्रवृत्ति पुरस्कार युवराज सृवेदीबाट भएको कायक्रमको संयोजन सहायक प्रधानाध्यापक खेमराज/मेघनाथ पौडेलले गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

विद्यालयको वार्षिकोत्सवको पुर्वसन्ध्यामा युवा रेडक्रस सर्कलले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन कार्य भएको सर्कलका सभापति सुशान्त सुवेदी र शिक्षक नायक युवराज सुवेदीले वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्