ईलेक्ट्रो मेकानिकल संघ नेपालकोे अध्यक्षमा बलभद्र नकर्मी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । ईलेक्ट्रो मेकानिकल संघ नेपालकोे अध्यक्षमा बलभद्र नकर्मी सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले नकर्मीको अध्यक्षतामा तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा माधवप्रसाद तिवारी, महासचिवमा रेशम गुरुङ, कोषाध्यक्षमा सन्दिप पौडेल र सचिवमा सृजन सुवेदी चयन भए ।

यसैगरी सदस्यहरुमा अभिजित देवकोटा, शंकर लिगल, प्रमिला तुलाचन, आस मोहमद मिया, जीवनाथ पौडेल र शेरबहादुर महतो चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता युकदेव गौतम पद तथा गोपनियताको सपथ गराएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन सत्रमा संघले पत्रकारिताको माध्यमबाट संस्थालाई पुर्‍याएको योगदानको कदर गर्दै रेडियो सार्थक ८९.१ मेगाहर्जका कार्यकारी निर्देशक तिर्थ के.सीलाई सम्मान गरेको थियो ।

यसैगरी कार्यक्रममा संघका सदस्य एवं खत्री इलेक्ट्रिक वर्कस सञ्चालक कृष्ण खत्री, संघका सदस्य पौडेल इलेक्ट्रो सञ्चालक गोविन्द प्रसाद र्पाैडेल लगायतका व्यक्तिहरु सम्मानित भएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले व्यवसायिक संस्था भए पनि सामाजिक कार्यमा अग्रसर रहेकोमा प्रशंसा गरेका थिए । उनले इलेक्ट्रो जस्तो जोखिमपूर्ण व्यवसायमा विमा कार्यक्रमले व्यवसायमा लाग्न थप प्ररित गरेको बताए ।
उनले व्यवसायलाई दर्ता गरेर सञ्चालन गरेमा व्यसायीको हकहितको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । वडाध्यक्ष उदासले वडाको तर्फबाट आवश्यक सहयोग गर्ने सदैव तयार रहेको बताए ।

कार्यक्रममा विजी रेफ्रिजेशन काठमाण्डौका सञ्चालक लवनारायण श्रेष्ठ, संघका सल्लाहाकार संयोजक तथा पूर्वअध्यक्ष लक्ष्मीप्रसाद द्धा, लेउवाका महासचिव जानुका पराजुली, पोउवाका उपमहासचिव शोभा गौतम, नेरिमा काठमाण्डौंका अध्यक्ष विनोद डंगोल, सम्मानित व्यक्ति गोविन्द पौडेलले शुधकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष कृष्णराज गौतम अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रेशम गुरुङले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्