‘नारीले सक्दिन भन्ने ठाउँ छैन’:अध्यक्ष भण्डारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहको सातौँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले सवै नारीहरु हरेक घरको म्यानेजर भएकाले संघसंस्थामा पनि उत्तिकै जिम्मेवार भएर अघि बढ्न आग्रह गरिन् ।

उनले जन्मभूमिकै मायाले धादिङबाट पोखरामा आएर पनि संगठित भएर जिल्लावासीकै सेवा गरेको बताइन् । हरेक क्षेत्रमा महिलाहरुको सक्रियता बढ्दै गएकोमा त्रिपुरा बाराही महिला समूहको भूमिका पनि उत्कृष्ट रहेको भन्दै उनले प्रशंसा गरिन् ।

उनले भनिन्, ‘महिलाहरुले अब भ्याउँदिन, सक्दिन, जान्दिन होइन सक्छु, गर्छु, यो पटक नसके अर्को प्रयास गर्छ भन्दै अग्रसर हुनुपर्छ ।’

उद्घाटन सभामा विशेष अतिथि नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले दिदीबहिनीहरु एकापसमा मिलेर सामाजिक गतिविधिमा सक्रिय भएको भन्दै प्रशंसा गरे ।

अध्यक्ष धमलाले धादिङबाट पोखरा आएर वस्नेहरुको समूह मध्ये उत्कृष्ठ समुह भएको बताए । धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पाण्डेले महिला समूहले सामाजिक र मानवीय क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

धादिङ–पोखरा सम्पर्क समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठले दिदीबहिनी समूहको सक्रियतामा उत्कृष्ट काम हुँदै आएको यसबाट अन्य संस्थाले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कमलबहादुर पाण्डेले दिदीबहिनीहरुको सक्रियता निकै उत्कृष्ट रहेको भन्दै थप सक्रियता बढ्ने विश्वास व्यक्त गरे ।

नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोकर्ण अधिकारीले न्याय, समानता र महिलाको हकहितका साथै धादिङवासीको दुःख, सुखमा समूहले उत्कृष्ट भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

नेकपा माओवादी केन्द्र धादिङ–पोखरा जनसम्पर्क मञ्चका अध्यक्ष बलराम लम्सालले एउटा चौतारीमा बसेर गठन भएको समूह आज यो स्थानमा आइपुग्दा अत्यन्तै खुसी लागेको बताए ।

कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समाज ज्वालामुखी गाउँपालिका इकाइका अध्यक्ष सरोज कुँवर, मितेरी नारी समूहकी अध्यक्ष सीता भट्टराई, सल्लाहकार निर्मला घिमिरे, सम्मानित व्यक्तित्व प्रदीप अर्याल लगायतलले बोलेका थिए ।

समूहकी अध्यक्ष बबीता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मीमाया थापाले स्वागत र कार्यक्रम सञ्चालन सचिव रचना अधिकारीले गरेकी थिइन् ।

समुहकी अध्यक्ष मल्लले सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै आगामी दिनमा थप रचनात्मक कार्य गर्दै अघि बढ्ने प्रतिवता व्यक्त गरिन् ।

कार्यक्रममा समूहलाई उत्कृष्ट सहयोग गर्ने दाताहरु, समूहका विभिन्न गतिविधिमा उत्कृष्ट भूमिका निर्वाह गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्