नवसाथी सहकारीकाे १६ औं वार्षिक साधारणसभा सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

 नवसाथी वचत तथा ऋण सहकारी संस्थाकाे १६ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कार्यक्रममा अध्यक्ष,कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिद्धारा प्रस्तुत  प्रतिवेदनहरुमाथि छलफल गर्दै बहुमतले पारित भयाे ।

 

सहकारीका अध्यक्ष अर्जुनबहादुर थापाले पुँजीकाे हिसावले सहकारी सानो भए पनि चुष्त दुरूस्त रहेको र संस्थामा कुनै समस्या नभएकाे बताए ।

सहकारीका सदस्यहरुले अहिलेको अवस्थामा समग्र सहकारीका विषयमा बजारमा चलेको गलत अफवाह र त्यसको प्रभावबाट सहकारीलाई जोगाई राख्न नवसाथी सहकारीका सञ्चालकहरुले गरेकाे कामकाे प्रशंसा गरेका थिए ।

 

संस्थाको साधारण सभाको अवसरमा सहकारीका शेयर सदस्यहरूका छाेराछाेरीमध्ये उत्कृष्टअंक ल्याउने छात्रा छात्रलाई सम्मान गर्नुका साथै संस्थामा नियमित उत्कृष्ट कारोबारीहरूलाई पनि सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो ।

साधारणसभाकाे अवसरमा संस्थाले शनिवार वनभाेज कार्यक्रमकाे आयाेजना समेत गरेकाे थियाे । कार्यक्रममा विभिन्न खेलहरू खेलाई उत्कृष्ट हुने नानी बाबु तथा शेयर सदस्यहरूलाई पुरस्कृत गरिएको थियाे ।

 १६ औ वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम पश्चिमाञ्चल ईन्जिनियरिङ कलेजका प्रध्यापक तथा शेयर सदस्य श्री बाबुराम भण्डारी, सल्लाहाकार कालिदास पौडेल लगायतले मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा स्वागत मन्तव्य शेयर सदस्य कृष्णजी पौडेल र सहकारीको सात सिद्धान्त वाचन संस्थाका कार्यसमिति सदस्य तथा शिक्षा उपसमिति संयोजक ज्ञानी भण्डारीले गरेका थिए ।

सहकारीका अध्यक्ष अर्जुनबहादुर थापाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीका व्यवस्थापक लक्ष्मी अर्यालले संस्थाको गतिविधिबारे जानकारी र सञ्चालन संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद लामिछानेले गरेका थिए ।

 

कार्यक्रममा संस्थाका सल्लाहाकारहरू ई.रामचन्द्र पोख्रेल र ई.शारदा मोहन काफ्ले लगायतकाे उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्