पोखरामा एकैदिन ७ पत्रकार पुरस्कृत हुदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पाेखरामा एकैदिन ७ जना पत्रकार पुरस्कृत हुने भएका छन् । पत्रकार महासंघ कास्कीले एकैदिन ७ पत्रकारलाई पुरस्कृत गर्ने भएको हाे ।

पुरस्कृत हुने पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, कृपा भण्डारी, टंक अधिकारी र दिनानाथ बराल हुन् । उनीहरु विभिन्न पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन् ।

छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए ।

महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल पुरस्कृत हुन लागेका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ ।

यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लागेकी हुन् ।

यसैगरी साेही दिन आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार टंक अधिकारी र दिनानाथ बराल पुरस्कृत हुदैछन् ।

पत्रकारहरुलाई माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा पुरस्कृत गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्