क्षत्री समाज नेपालकाे शुभकामना आदान प्रदान कार्यक्रम

  • ख-
  • ख+

पाेखरा,२ कार्तिक ।
क्षत्री समाज नेपाल पाेखरा कास्कीले शनिवार शुभकामना आदान प्रदान गरेकाे छ ।

क्षत्री समाजले क्षत्री दिवस तथा नेपालीहरुकाे महान पर्व विजया दशमी तथा शुभ दिपावलीकाे अवसर पारेर शुभकामना आदान प्रदान गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै जिल्ला वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष दिलबहादुर अधिकारीले जातिय सद्भाब कायम गर्नुपर्ने धारणा राखे ।

उनले विश्वव्यापी रुपमा फैलिएकाे काेभिड-१९ बाट बच्नकाे लागि सामाजिक दुरी कायम गराैं साथै अहिलेको चाडपर्व घरमै बसेर बनाअाैं भन्ने भनाई राखे ।

सो कार्यक्रममा उपाध्यक्ष चेतबहादुर कार्की इन्द्र थापा दान बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन जिल्ला सचिव भरत थापाले गरेका थिए ।

आगामी कार्यक्रम कोरोना नियन्त्रण भएपछि गरिने रहेको कुरा क्षत्री समाज नेपाल जिल्ला प्रचार प्रसार प्रमुख राजेन्द्र खत्रीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्