ईन्ट्रयाक्ट क्लव अफ बालमन्दिर अन्नपुर्णको नवौं पदस्थापन कार्यक्रम

  • ख-
  • ख+

पाेखरा, ३ कार्तिक । इन्ट्रयाक्ट क्लव अफ बालमन्दिर अन्नपुर्णको नवौं पदस्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विशाल चापागाईंले माला तथा ग्यावल हस्तान्तरण गरेर नयाँ अध्यक्ष सतिष रेग्मीलाई पदस्थापन गराए ।

कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लव अफ अन्नपुर्णका उपाध्यक्ष देबेन्द्र बास्तोलाले ज्ञान, कर्म र सहकार्यले मात्र सफलता प्राप्त हुने चर्चा गर्दै रोटरी क्लव, बालमन्दिर विद्यालय र इन्ट्रयाक्ट क्लवको ९ वर्षको सहकार्यले विद्यार्थीहरुमा आएको परिवर्तनबारे प्रष्ट पारेका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक सुशील केसी, रोटरी इन्ट्रयाक्ट प्रतिनीधी दिनेश शंकर पालिखे, शिक्षक प्रतिनिधि तिलक कार्की लगायतले आफ्नो धारणा राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्