हेमजा उद्योग व्यवसाय समितिको अध्यक्षमा तिमिल्सिना सर्वसम्मत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
हेमजा उद्योग व्यवसाय समिति पोखरा २५ हेमजाको अध्यक्षमा मिनराज तिमिल्सिना सर्वसम्मत चयन भएका छन् ।

समितिको शनिवार सम्पन्न प्रथम अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुशीला पाठक त्रिपाठी, महासचिवमा राजेन्द्र बाँस्तोला, सचिवमा तिर्थराज देवकोटा र कोषाध्यक्षमा सुशीला पौडेल बाँस्तोला सर्वसम्मत चयन भए ।

यसैगरी सदस्यमा उपेन्द्र सापकोटा, ध्रु्रव परियार, प्रदिप सापकोटा, कृष्ण अधिकारी र सृष्टि अधिकारी चयन भएका छन् भने ३ सदस्य कार्य समितिले मनोनित गर्नेछ ।

समितिको अधिवेशनमा भीमप्रसाद श्रेष्ठ संयोजक रहेको ३ सदस्यीय निर्वाचन समिति रहेको थियो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसायमा आफनो उत्पादन बढाउनुपर्ने बताए । हेमजालाई पोखरा उद्योग वाणिज्य संघको इकाई बनाउन पहल गर्ने प्रजापतिको भनाई छ । उनले आर्थिक मण्दी भएको अवस्थामा कर बढाउन नहुने बताए ।

हेमजा उद्योग व्यवसाय समितिको तदर्थ समितिका संयोजक मिनराज तिमिल्सिनाले व्यवसायीको हक हितको लागि समिति भएको बताउँदै समिति गठन र दर्ता गर्दा भोग्नु परेको समस्या जानकारी गराएका थिए ।

कार्यक्रममा पोखरा २५ का वडा सदस्य कृष्णबहादुर कुँवर, कपडा व्यवसाय सघं कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पोखरा इलेक्ट्रोनिक ब्यबसाय संघ कास्कीका अध्यक्ष नारायण सुवेदी र सदस्य ध्रुवबहादुर परियारले बोलेका थिए । समितिमा हाल १२५ जना सदस्य सदस्य छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्