पाेखरा महानगरकै घार्मीमा खानेपानीको सास्ती,एक घर एक धारा नारामै सिमित

  • ख-
  • ख+

पोखरा ,१४ कार्तिक। पोखरा महानगरपालिका वडा नं १९ घार्मीका स्थानियले खानेपानीको अभाव झेलेको वर्षौं भयो । लामोसमय देखी खानेपानी अभावमा बाँचिरहेका यहाँका २० धुरी घर परिवार अहिलेपनि त्यही अवस्थामा छन् ।

राज्यको पुर्नसंरचनापछिको निर्वाचनमा जनताका आवश्यकता पुरा गरिदिने जनप्रतिनिधिको आशामा भोट हालेका उनीहरु अझैपनि त्यही अवस्थामा रहन पर्दा पहिले र अहिले कुनै भिन्नता नभएको दुखेसो गर्छन् ।

पोखरा महानगरपालिका भित्रकै वडाको बासिन्दा भएपनि चरम खानेपानी अभावले बाँचिरहनु परेको स्थानिय माधव पौडेल बताउँछन् ।

७८ वर्षिय स्थानिय बृद्ध लोकनाथ पौेडेल चुनावका आफुहरुलाई एक घर एक धाराको सपना बाँडेपनि अझै कुवाको पानी बोकेर तिर्खा मेट्नुपर्ने बाध्यता रहेको सुनाउँछन् ।

बुढेसकालमा समेत दैनिक डोकोमा खानेपानी बोक्नुपर्ने उनको बाध्यता छ ।

खेलकुद मन्त्री जगत विश्वकर्मा समेतको  जन्मस्थान रहेको वडा नं १९ का स्थानियले अझैपनि खानेपानीको अभावबाट मुक्त हुन पाइन्छ की भन्ने आशलाई मारिसकेका छैनन् ।साभार: गन्थन डट कम ओरिजिनल लिंक:-https://ganthan.com/archives/96934

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्