स्नो भ्यू स्कुलको हस्तकलाका सामाग्रीहरु प्रर्दशनी फागुन २७ मा  

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

पोखरा २५ हेमजामा रहेको स्नो भ्यू बोर्डिङ स्कुलले फागुन २७ गते शैक्षिक प्रर्दशनी, विद्यार्थीहरुद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्ने भएको छ ।

स्टिम विधिको प्रयोग गरी शिक्षण कार्यलाई गुणात्मक तथा प्रभावकारी बनाउनका निम्ती थिम (विषयवस्तु) का आधारमा शिक्षण गर्दै आईरहेको र हाल चलिरहेको थिर्म कपास अन्र्तगत कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विधार्थीहरुले आफुले अध्ययन गरेका अलग अलग विषयको समष्टिगत सिकाइलाई सदुपयोग गर्न ब्यवसायिक सिप एवम् प्राविधिक ज्ञानको प्रयोग गरी निर्माण गरेका सामाग्रीहरुको कक्षगत रुपमा प्रदर्शन गर्ने छन् ।

 शिक्षकहरुले नेपालको पाठ्यविकास केन्द्दद्वारा निर्मित   सम्बन्धित तहका पाठ्यक्रममा समावेश भएका सिकाई उपलब्धीलाई आधार बनाई जिवनोपयोगी शिक्षालाई जोड दिन प्रर्दशनमा सहजीकरण गर्नेछन् ।

पाठ्ययक्रम, शिक्षण विधि र मुल्याङकन गर्ने तौर तरिकाको क्षमता अभिवृद्धि गर्ने  हेतुले शिक्षकहरुको अध्यन अध्यापन गर्दै आइएको र काठमाण्डौ विश्वविधालय मार्फत सञ्चालित सि पि इ कार्यक्रक अन्र्तगत अध्यन गराउदै आईएको  शैक्षिक प्रमुख विष्णुकुमारी अधिकारीले जानकारी दिईन् ।

 २०८० सालको नयाँ शैक्षिक शत्रको सुरुवात सगै काठमाण्डौ विश्वविधालय सँगको सहकार्यमा विगतका वर्षबाट स्टीम एजुकेशन अन्र्तरगत पठन पाठन गराइएको र हरेक ब्यवसायिक सिपको अध्यन अध्यापनका लागि छुट्टा छुट्टै स्टिम ल्याबको व्यवस्थापन गरिदै रहेको  विद्यालयका प्राचार्य जगतबहादुर थापाले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्