नेलम्बो नेपालको कोभिड १९ सहयोग निरन्तर

  • ख-
  • ख+

पाेखरा, १७ कार्तिक ।

नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धी निरन्तर कार्यहरु गर्दै आएको सन्र्दभमा विश्व व्यापी रुपमा फैलिएको कोभिड १९ को विषम् परिस्थितिलाई मध्य नजर गर्दै पछिल्लो समयमा कोभिड १९ का लागि सहयोग निरन्तर रुपमा विभिन्न चरणमा हस्तान्तरण गर्दै आएको छ ।

आज एक कार्यक्रमका बीच नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्रमा रहेको माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसमा रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयलाई कोरोना महामारीको बीचमा पनि अध्ययन अध्यापन गराई रहेको हुदाँ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शिक्षण कार्यमा लाग्न हेड फ्रि सेनिटाइजर स्ट्याड ३ पिस, सेनिटाइजर ६.५ लिटर, डिस्पोजिवल ग्लोबस् २५० पिएर, डिस्पोजिवल माक्स ५०० पिस, के.एन ९५ माक्स १०० पिस, थर्मल गन २ पिस, हात धुने लाइफ व्वाई साबुन ५० पिस, फेस सिल्ड २४ पिस, डिउरा सेल ब्याट्री ४ पिस र कोभिड १९ सम्बन्धी सचेतान ब्रोसर नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल प्रसाद भण्डारीलाई हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रम को सभापतित्व पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल प्रसाद भण्डारी हुनु हुन्थ्यो भने प्रमुख अतिथि नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा हुनुहुन्थ्यो ।

कार्यक्रमको स्वागत मन्तव्य प्रधानाध्यापक तिलक प्रसाद तिमल्सीनाले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष देवकोटाले कोभिड १९ को चपेटामा विद्यालयहरु पनि प्रत्यक्ष रुपमा परेको र यस विद्यालय कोभिड १९ को विषम् परिस्थितिमा पनि संचालन गरिरहेको हुँदा स्वास्थ्य सावधानी अपनाएर पठन पाठन संचालन गर्नको लागि आफुहरुले सहयोग गरेको बताउनुभयो ।

उहाँले उक्त कार्यक्रमा बोल्दै यस कोरोना कहरमा सामाजिक दुरी कायम गर्नु पर्ने, माक्स अनिवार्य लगाउनु पर्ने र सेनिटाइजेसन हुनु पर्नेमा जोड दिनु भयो । नेलम्बो नेपाल आफ्नो कार्य क्षेत्र लगाएत कास्की जिल्लाका हरेक स्थानमा कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिरहेको बताउनु भयो ।

साथै उहाँले स्वास्थ्य सुरक्षाका सामग्रीहरु सही तरिकाले कसरी प्रयोग गर्ने भन्ने वारेमा पनि सचेतना सन्देश दिनु भएको थियो ।

उक्त कार्यक्रममा रु ३७,९६५ रुपैया वरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वास्थ्य सामग्री हस्तान्तरणका सभापति कुलप्रसाद भण्डारीले दशै पछि विद्यालय कसरी स्वास्थ्य सावदानी अपनाएर सञ्चालन गर्ने भन्ने विषयमा आजमात्र विद्यालयमा बैंठक बसेको र बैठक सकिन नपाउँदै नेलम्बो नेपाल आएर स्वास्थ्य सुरक्षाका समाग्री हस्तान्तरण गरेकोमा आफु ज्यादै खुशी रहेको र भोलिबाट नै विद्यालय कोभिड १९ को स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर सञ्चालन गर्न पाएकोमा नेलम्बो नेपाल प्रति आभारी रहेको बताउनु भयो ।

लोक बहादुर गुरुङ्गद्धारा संचालित कार्यक्रममा नेलम्बो नेपालका टेक्निकल सुपर भाइजर रवि गुरुङ्ग, कृष्ण प्रसाद देवकोटा लगायत विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्