बाल यौन दुर्व्यवहार आरोपमा पोखराका पुरूष पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराका एक पुरुष बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।

पोखरा ८ सभागहृ बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि कास्की प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरीका अनुसार फागुन २८ गते बिहान साढे ७ बजे बालिकालाई श्रेष्ठले यौन दुर्व्यवहार गरेका थिए ।

उनलाई आज घरबाटै पक्राउ गरी बालबालिका विरुद्ध कसूर (बाल यौन दुर्व्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्