सुईखेत टोलमा बृहत सरसफाई तथा जनचेतनामुलक कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ हेमजा सुईखेतस्थित सुईखेत टोल विकास संस्थाले बृहत सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गरेकाे छ ।

‘स्वच्छ वातावरण,स्वस्थ्य जीवन’ भन्ने मुल नारा सहित  शनिवार आयाेजित सरसफाई कार्यक्रममा टाेलका वासिन्दाहरुकाे उलेख्य सहभागितामा  खोला, नाला , बाटो , बारी कान्ला, खहरे , हाइवे सबै ठाउँको बृहद रुपमा सरसफाइ गरिएकाे थियाे ।

सरसफाइअघि भएकाे कार्यक्रममा प्रमुख अतिथि वडा नं २५ का सदस्य सुवास भण्डारीले सबैका लागि बाँच्न, काम गर्न र आनन्द लिनको लागि स्वस्थ, सुरक्षित, थप जीवन्त र दिगो समुदायहरू सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी बताए ।

संस्थाका अध्यक्ष  बोधराज अधिकारीले समुदायमा हुने सरसफाई कार्यक्रमले सबैका लागि सफा हावा, पानी र  आनन्द लिनको लागि परिणाम दिने उल्लेख गरे ।

उनले यस्ता कार्यक्रमहरुले बासिन्दाहरूको लागि सुरक्षित र स्वस्थ वातावरण सिर्जना गर्ने उल्लेख गरे ।

सरसफाई कार्यक्रममा सहभागी हुनाले समुदायमा गर्व र स्वामित्वको भावना जगाउने उनकाे भनाई छ । उनले स्थानिय बासिन्दाहरूले आफ्नो वरपर सफा राख्न सक्रिय भूमिका खेल्नाले आफ्नो वरपरको कुराको कदर गर्ने र हेरचाह गर्ने सम्भावना बढी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा टोल विकास संस्था समन्वय समितिका  संयोजक दान बहादुर भुजेल, कालिका टोल विकास संस्था अध्यक्ष महादेव अधिकारीले आआफ्ना भनाई राखेका थिए ।

सुइखेत टाेल विकास संस्थाका अध्यक्ष बोधराज अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत संस्थाका सल्लाहकार देवि प्रसाद अधिकारी र सञ्चालन सचिव सुरेश रमण अधिकारीले गरेका थिए ।

कार्यक्रममा महानगरको सफाई कार्ड नबनाएका सुइखेत टोल बासीहरुलाई शनिवारदेखि शुल्क लाग्ने गरी महानगरकै प्रतिनिधिको उपस्थितिमा करिव ५५ घर धुरीले सहुलियत दरमा सफाई कार्ड लिए ।

सुइखेत टोलका समाजसेवीहरुको आर्थिक सहयोगमा हाइवेको मुख्य फोहोर हुने स्थानहरुमा १२ वटा डस्टविन र सो को स्ट्यान्ड पनि बिजुलीका पोलहरुमा जडान गरिएकाे छ ।

 साथै पोखरा महानगरले टाेल विकास संस्थालाई प्रदान गरेको करिब ३५ हजार मुल्य बराबरको डस्टबिन अम्विका माविको लागि संस्थाले दिएकाे छ  ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्