पोखरा महानगरमा सहमति जुट्यो, नगरसभा शुक्रवार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिकामा साेमवार लगाईएकाे ताला खोल्ने विषयमा सहमति जुटेको छ। पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा भएकाे छलफलमा नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूबीच बुधवार सहमति भएपछि महानगरको १६ औं नगरसभा माघ ११ गते (शुक्रबार) बस्ने निश्चित भएको छ।

सहमति अनुसार नगरसभामा बजेट तथा विकास निर्माणका अवरुद्ध कार्यहरूलाई पुनः सञ्चालन गर्ने निर्णय गरिनेछ। साथै, २०८१ मंसिर २३ गते सम्पन्न विशेष नगरसभाबाट पारित ७ बुँदे सहमतिलाई अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाइएको छ।

३ बुँदे सहमति: नगरसभा, विकास र सुशासन

पोखरा महानगरका प्रमुख राजनीतिक तथा प्रशासनिक नेतृत्वबीच भएको छलफलपछि तीन बुँदे सहमति बनेको छ, जसमा नगरसभा आह्वान, विकास कार्यको पुनः थालनी तथा सुशासनका लागि साझा प्रतिबद्धता प्रमुख रहेका छन्।

१) पोखरा महानगरपालिकाको चालु १६ औं नगरसभा मिति २०८१/१०/११ गते शुक्रबार दिनको १ बजे गर्ने सहमति गरियो ।

२) सम्पुर्ण वडा कार्यालय, महाशाखा, शाखा लगाएत खर्च केन्द्रहरुका शिर्षकान्तर र रकमान्तर हुन नसकी पुर्वाधार विकास तथा अन्य कार्यहरु ठप्प हुनगएको हुदा उक्त १६ औं नगरसभा मार्फत आवश्यक निर्णय गरी समापन गर्ने सहमति गरियो ।

३) पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु विच २०८१ मंसिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित ७ बुदे सहमति अक्षरस पालना गर्ने र समग्र महानगरको शुसाशन र समृद्धिका लागी सम्पुर्ण महानगरका जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर आगाडी बढ्‌ने सहमति गरियो ।

 

यस सहमतिपछि महानगरका विभिन्न कार्यालयहरू सुचारु हुने र अवरुद्ध विकास योजना पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ। जनप्रतिनिधि र कर्मचारीहरूबीचको सहकार्यले महानगरको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्