साईमन पार्टी प्यालेसबाट १४ लाख ७४ हजार चाेर्ने २ जना चाेरीकाे रकमसहित पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ स्थित सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसको कार्यालयबाट नगद रु. १४,७४,००० (चौध लाख चौहत्तर हजार) चोरी गर्ने दुई जनालाई प्रहरी पक्राउ गरि सार्वजनिक गरकाे छ ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका १० निवासी २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका ३ निवासी २९ वर्षीया पुजा श्रेष्ठ छन् ।

उनीहरूबाट प्रहरीले नगद रु. १२,५२,५८० (बाह्र लाख बाउन्न हजार पाँच सय असी) र तीन थान मोबाइल फोन बरामद गरेकाे छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको एक होटलमा लुकेर बसेका उनीहरूलाई पक्राउ गरेको हो।

कास्की जिल्ला अदालतले चोरी र डाँका सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

माघ ११ गते शनिवार पैसा चाेरी भएकाे घटना थाहा पाएपछि वडा प्रहरी कार्यालय बैदाम कास्कीको टोलीले लुटेराहरुकाे खाेजी गरेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्