फागुन ११ गतेदेखि पोखरा २५ हेमजामा प्रथम मौरी महोत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा २५ हेमजामा प्रथम मौरी महोत्सव हुने भएको छ । मौरी संरक्षण गर्ने लक्ष्यका साथ स्थापित मौरी संरक्षण सचेतना अभियान कास्कीले यहि फागुन ११ गतेदेखि मौरी महोत्सव गर्न लागेको हो । हेमजाको सुइखेत रिभर भ्याली रिसोर्टमा हुने महोत्सव तिन दिनसम्म सञ्चालन हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

मौरीजन्य पदार्थ खाऔं, स्वास्थ वनौं, मौरीसँगै रमाऔं भन्ने नाराका साथ आयोजना गर्न लागेको महोत्सवमा मौरीका वारेमा जानकारी, मौरी सहितको आधुनिक धारको विक्री, कृषजन्य उत्पादनको प्रदर्शनी, मह विक्री लगायत रहने छ । महोत्सव अवधिभर आधुनकि टुनी र उत्तिसको काठ वनेका मौरी सहितको घार सुफत मूल्यमा विक्रि वितरण गरिने आयोजकले जनाएको छ ।

महोत्सवकै छेको पारेर मौरी संरक्षण सचेतना अभियान कास्कीले फागुन ७ गतेदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

महोत्सव अन्तर्गत प्रजातन्त्र दिवसको दिन सम्पूर्ण राष्ट्रको नाममा जीवन आहुती दिने सहिदहरु प्रति श्रद्धासुमन कार्यक्रम, विन्ध्यवासिनी मन्दिर परिसरमा देव पूजन, प्राकृतिक पूजन, हवन दिउँसो मौरी संरक्षण सचेतना अभियान प्रमुख कार्यालय देखि अम्बिका मा.वि., कालिकाचोक वरपर सरसफाई गर्ने,कार्यक्रम रहेको कार्यक्रम संयोजक तथा मौरी संरक्षण सचेतना अभियान कास्कीका उपाध्यक्ष माधव अधिकारीले जानकारी दिए ।

उनका अनुसार फागुन ८ गते पोखरा–२५, अम्बिका मा.वि. देखि तल पोखरा महानगरपालिकाले राजमार्गको डिभाइडरमा सारिएका विरुवा गोडमेल तथा सरसफाई ९ गते पोखरा–२५, हेमजामा रहेका परम्परागत मुढेघार तथा आधुनिक घारमा रहेका मौरी अवलोकन, अध्ययन, प्रचार प्रसार याम्दीबाट मिलनचोकसम्म, १० गते मिलनचोकमा आँखा दान शिविर, त्यहाँभन्दा माथिका मौरीघार अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै ११ गते महोत्सव उद्घाटनको दिन विहान ८ः०० बजे युवा सडक दौड, ११ः०० बजे झाँकी सहित सुइखेत रिभर भ्याली रिसोर्ट परिसरमा उद्घाटन, स्टल अवलोकन, मौरी अवलोकन तथा सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी १२ गते प्रतियोगितात्मक विद्यालय स्तरीय मौरी तथा कृषि सम्बन्धी लोकगित तथा नृत्य प्रतियोगिता, स्थानीय भजन घुट्का प्रतियोगिता, मौरी सम्बन्धी प्रवचन र १३ गते बाँकी प्रतियोगिता पूरा गर्ने, उत्कृष्ट हेमजा युवा तथा उत्कृष्ट कास्की युवा घोषणा, सम्मान, पुरस्कार वितरण, मौरी सम्बन्धी जानकारी प्रवचन विशेषज्ञबाट, समापन र साँझमा दिपावली गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक अधिकारीले जानकारी दिए ।

महोत्सवमा राखिएको युवा सडक दौड प्रतियोगिता तर्फ प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ३ हजार ५ सय र तृतीय हुनेले २ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छ। सड़क दौडका लागि दर्ता शुल्क ५ सय राखिएको छ भने ४० वर्ष मुनिका युवाहरु मात्रै यस दौडमा सहभागिता जनाउन पाउने प्रावधान रहेको मौरी संरक्षण सचेतना अभियान कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए । उनले महोत्सव गर्नुको उद्देश्य नाफाको लागि नभई मौरी संरक्षणको अभियान भएको बताए ।

यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ५ हजार ३ हजार ५ सय २२ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन।

बाल भजन प्रतियोगिता तर्फ प्रमव, द्वितीय र तृतीय हुनेले २० हजार, ७ हजार ५ सय २५ हजार सहित प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा २८ वर्ष मुनिका मात्रै सहभागिता जनाउन पाउनेछन।

यसैगरी आमा समूह लोक गित प्रतियोगिता तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार ५ सय २५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन्। यी सबै प्रतियोगितामा दर्ता शुल्क ५ सय रुपैया राखिएको मोरी संरक्षण संचेतना अभियान जिल्ला समिति कास्कीका सचिव कपिलराज दाहालले जानकारी दिए ।

महोत्सवमा मौरी सम्बन्धि गतिविधिका आधारमा उत्कृष्ट मौरी कृषक चयन गरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजारले पुरस्कृत गर्ने कार्यक्रम रहेको पोखरा– २५ का वडा सदस्य सुभाष भण्डारीले जानकारी दिए।

पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले मौरी महोत्सवले मौरी संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले मौरी पालनको लागि हेमजा उपयुक्त भएको कृषि विज्ञको राय रहेको जानकारी दिए । उनले मौरीपालन स्वास्थ्यका लागि र आयआर्जनका हिसावले निकै महत्वपूर्ण रहेको उल्लेख गरे । उनका अनुसार मौरी संरक्षणका लागि वडा कार्यालयले पनि अघिल्लो वर्ष देखि एक घर एक मौरीघारको अवधारणाका साथ मौरीघार वितरण गरेको थियो जसमा वडाको ५० प्रतिशत अनुदानमा ५५ वटा मौरीघार वितरण गरिएको थियो।

महोत्सवमा ५ लाख १८ हजार खर्च हुने आयोजकको अनुमान छ । हेमजामा आधुनिक र मुढे गरि २०० वटा मौरीका घार रहेको आयोजकले जनाएको छ ।

मौरी संरक्षण सचेतना अभियान कास्कीले मौरी सम्वन्धी सचेतना फैल्याउन विभिन्न कार्यक्रम तथा तालिमहरु गर्दै आईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्