
पोखरा । आजदेखि पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा हुने भएको छ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा फागुन १५ गतेसम्म संचालन हुने महायज्ञको उद्घाटनको पूर्व अवसरमा कलश यात्रा हुनेछ ।
पोखरा २२ वडा कार्यालय अर्थात शुक्रराज माविको गेट अगाडीबाट बृहत झाँकी सहितको कलश यात्रा हुने समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।
पन्चे बाजा सहित हुने र्यालीमा विभिन्न जनजातिको झाँकी प्रर्दशन हुनेछ । महायज्ञको बिहान ११ः३० बजे हुने भएको छ भने उद्घाटन सत्र सकिए लगतै कथा प्रवचन सुरु हुने आयोजकले जनाएको छ ।
पुम्दीकोटको बृहत विकास परियोजना अन्र्तगत केही बाँकी भौतिक संरचनाहरु पूरा गर्ने उद्धेश्यले पुनः तेश्रो पटक आजदेखि महायज्ञ हुने भएको हो । पोखरा २२ (पुम्दी—भुम्दी) को पुम्दीकोटमा साँझमा लेजरलाइट मार्फत शिवको मुर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवन लीला सहितको वृत्तचित्र प्रर्दशन गर्ने उद्धेश्यले पुम्दीकोटमा पुनः महायज्ञ हुने भएको अध्यक्ष बरालले बताए ।
भुमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृज निर्माण गर्ने लक्ष्य समेत राखिएको आयोजक प्रशासनिक भवन भन्दा तल्लो भागमा हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीन द्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिको मर्मत सम्भार गर्ने, दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने लगायतका उद्धेश्य समितिको छ ।
बाँकी भौतिक पूर्वाधार निर्माण गर्न करिब १० करोड आवश्यक भएको समितिले जनाएको छ । ४१ करोड रुपैयाँको विशाल महादेव मुर्ति परियोजना अन्र्तगत अझै १० देखि १२ करोडको परियोजनाका काम बाँकी रहेको अध्यक्ष बरालले दाबी गरे । सिसाको पुल राख्ने बिषयमा भने नीजि कुनै कम्पनी तथा संस्थाको खोजि भएको समितिले जनाएको छ ।
समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै ज्ञान महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।
पुम्दीकोट धामको धार्मिक, एतिहासिक र पुरातात्त्विक महत्वका बारेमा प्रष्ट्याउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्राउने पुम्दीकोटमा दिगो पर्यटनको लागि उक्त परियाजना आवश्यक भएको अध्यषको दावी छ ।
यस अघि पुम्दीकोटमा २०७३ र २०७९ मा दुई पटक महायज्ञ आयोजना गरिएको थियो भने हाल तेस्रो पटक आयोजना गर्न लागिएको हो । पहिलो महायज्ञबाट करिब ६ करोड रुपैया र दोस्रो महायज्ञबाट करिब ३ करोड रुपैया संकलन गरेको समितिले जनाएको छ ।
पुम्दीकोट संसारका धार्मिक पर्यटकहरुको थप आकर्षणको केन्द्र बन्दै गएको बताउदै उनले महामानव दाताहरुको सहयोगबाट हालसम्म ५१ फिट अग्लो महादेवको मुर्ती, ३१ फिट अग्लो शिवको विशाल डम्मरु, महादेवको विशाल क्षेत्रकुण्ड निर्माण, १ सय ८ धारा जडान सहित अन्तराष्टृय ध्यान केन्द्र निर्माण, २१६ शिवलिङ्ग स्थापना, १ सय ८ स्वर्गद्वारी सिढी निर्माण गरिएको छ ।
त्यसै गरी सुविधा सम्पन्न शौचालय सहित प्रशासकिय भवन, फुलमाला विक्री कक्षका लागि १८ ओटा सटर निर्माण, पुम्दिकोटमा ३ वटा छुट्टाछुट्टै प्राकृतिक प्रवेशद्वार निर्माण, फुलबारी सहित पर्खाल निर्माण, मनोरेल द्वारा गणेश भगवानले कैलाश पर्वत परिक्रमा र पन्चधातुबाट निर्मित शिवलिङ्ग निर्माण लगायतका उपलब्धिहरु हासिल भइसकेका र अझैपनी कैलाश धामको निर्माण कार्य सम्पन्न गर्न बाँकी छ ।
महायज्ञको दैनिक रुपमा बिहान ७ देखि १० बजेसम्म नित्यपुजा, पाठपारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमन्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखी ९ बजेसम्म महात्म्य तथा सास्कृतिक झाँकी, फागुन १४ गते साँझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पुर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुने भएको छ ।