पोखरा । भुजेल समाज पोखरा महानगर समिति, कास्कीको आयोजनामा पोखरा महानगरपालिका–२४, कास्कीकोटमा भुजेल समाज वडा–२४ इकाई गठन गरिएको छ।
इकाईको अध्यक्षमा बलबहादुर भुजेल चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा पदमबहादुर भुजेल, सचिवमा राजु भुजेल, कोषाध्यक्षमा निरु भुजेल तथा सदस्यहरूमा माया भुजेल, निगम भुजेल र विष्णुबहादुर भुजेल चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि भुजेल समाज पोखरा महानगर समितिका अध्यक्ष लिलबहादुर जिसीले समाजको बल एकतामा निहित रहेको उल्लेख गर्दै सबै सदस्य एकजुट भएर समाजलाई अघि बढाउनुपर्ने बताए। उनले सुख–दुःखमा एकअर्काको साथ र सहयोग गर्दै आफ्ना धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी वडा–२४ का सचिव इन्द्रबहादुर जिसी, कर्णबहादुर भुजेल र कुलबहादुर भुजेलले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै समाजको हित, एकता र विकासका लागि सक्रियतापूर्वक काम गर्न आग्रह गरे।
भुजेल समाज वडा–२४ इकाई गठनसँगै समाजलाई थप संगठित र सक्रिय बनाउँदै समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा भुजेल समाजका सदस्य, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।









