फेवा किनारमा कोटीहोम गर्ने सम्वन्धमा मानव सेवा फाउण्डेसनलाई उच्च अदालतको कारण देखाउ आदेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । फेवाताल किनारमा प्रस्तावित कोटीहोम सञ्चालन गर्दा पर्यावरणीय असर र ऐतिहासिक रुखहरूको विनाश सम्वन्धमा उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनलाई कारण देखाउन आदेश दिएको छ।

अधिवक्ताहरू भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फागुन २ गते रिट निवेदन दायर गर्दै फेवातालको सिमसार क्षेत्रमा पर्यावरणीय असर र जैविक विविधता नष्ट हुने कारणले कोटीहोम रोक्न माग गरेका थिए।

रिटमा काेटिहाेमकाे लागि पोखराका ऐतिहासिक रुखहरू काटिने र फेवातालको पारिस्थितिकीय प्रणालीमा असर पर्ने विषय उठाइएको हो।

रिटपछि अदालतले मानव सेवा फाउण्डेसनलाई फेवा किनारमै काेटिहाेम आयाेजना गर्नुकाे कारणसहित लिखित पेस गर्न आदेश दिएको छ।

यस रिटमा महायज्ञ आयोजक मानव सेवा फाउन्डेसन, पोखरा महानगरपालिका, पोखरा ६ नम्बर वडा कार्यालय, १३ नम्बर वडा कार्यालय, १४ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल ट्रस्टको कार्यालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसहित १० जनालाई विपक्षी बनाइएको छ ।

यो आदेशसँगै फेवाताल क्षेत्रको संरक्षण र पर्यावरणीय सन्तुलन कायम राख्न थप ध्यान दिनुपर्ने दबाब सिर्जना भएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्