
पाेखरा ।
आजदेखि सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सुरु हुदैछ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा हुने उक्त महायज्ञ एवं महोत्सव फागुन २१ गतेसम्म संचालन समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताए ।
महायज्ञको पहिलो दिनमा पोखराको सिमपानी स्थित गाइघाँटदेखि जल सहितको कशल यात्रा हुने भएको उनले जनाए । उक्तः स्थानमा सराङकोट धाम बनाउने उद्धेश्यले महायज्ञ एवं पर्यटन महोत्सव गर्न लागिएको संयोजक जिसिले बताए ।
पर्यटकीय नगरी पोखराको सराङकोटमा हालसम्म निर्माण भएका पर्यटकीय एवं धार्मिक स्थलहरुको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने भएको छ । महायज्ञ संचालनकै क्रममा राष्ट्रपति पौडेलबाट फागुन १७ गते औपचारिक उद्घाटन हुने भएको समितिले जनाएको छ ।
सराङकोटमा हालसम्म निर्माण भएका करिब ३५ करोडका विभिन्न भौतिक संरचनाहरुको उद्घाटन हुने तयारी गरिएको अध्यक्ष जिसीले बताए । विशाल शिवमन्दिर, नेपालकै पहिलो बिशाल पञ्चमुखी गणेश मुर्ति, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका मन्दिर, गणेश मन्दिर, होमन कुण्ड, स्वागतद्धार, बहुउद्देशिय भवन लगायतका भौतिक संरचना सराङकोटमा निर्माण भएको संयोजक जिसीले जनाए । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत उत्तः परियोजना निर्माण हुदै हालसम्म ४ पटक आयोजना भएका महायज्ञ तथा दाताको सहयोग र सरकारको सहयोगमा उत्तः संरचना निर्माण भएको समितिले जनाएको छ ।
महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने भएको महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले बताए । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने आफुहरुले विश्वास गरेको उनले जनाए ।
सराङकोट, आफैमा पर्यटकीय हुदै प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा समेत विकसित हुदै आएको पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए । सराङकोट पर्यटकीय गन्तव्य भएको दाबी गर्दैै उनले प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि लोकप्रिय रहेको उनले जनाए । महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पु¥याउने अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले जनाए ।
धार्मिक र पर्यटकहरूको आगमनले स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकार मार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्पमुखी गणेश मुर्तीले पोखरामा धार्मिक पर्यटकको आगमन बृद्धि हनुे उनले विश्वास व्यक्त गरे । रोडसो कन्स्ट्रक्सन प्रा.लि.,अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको नेतृत्वमा विभिन्न दाताको सहयोगबाट ११ करोडको लागतमा पञ्चमुखी गणेशको मुर्ती स्थापना भएको समितिका अध्यक्ष जिसीले जनाए ।
धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै फाल्गुन १४ देखि २१ सम्म सम्पन्न हुने धार्मिक पर्यटन महोत्सव सम्पन्नका लागि एक हजार एक सय ११ सदस्य मुल आयोजक समिति र ११ वटा विभिन्न समिति मार्फत स्थानिय संघ संस्था, विभिन्न समुहहरुलाई समेटी महाउत्सवको तयारी तिव्र पारिएको महायज्ञका प्रचार प्रसार संयोजक कृष्ण थापाले हामीले बताए ।
महाउत्सव सम्पन्नका लागि सराङकोट क्षेत्रका सम्पूर्ण क्लव, आमा समुह सहित विभिन्न संघ संस्थाहरुको साथ र सहयोग हुने भएको प्रचार प्रसार समितिका सहसंयोजक बलराम तिमिल्सिनाले बताए ।
सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उध्यान, योग ध्यान केन्द्र सहित दृष्य अवलोकनका लागि आकाशे शिशाको पुल सहितको थप योजना सम्पन्नको लागि महाउत्सव कोषेढुंगा सावित हुने सचिव दिल बहादुर जिसीले बताए ।