
✍️दुर्गा दत्त भुसाल (स्याङ्जा-भिरकाेटे)।
राजनीतिभन्दा व्यक्ति स्वइच्छाले सुख, स्वार्थ, नातापाता लगायत माथि उठेर समाज राष्ट्र र विश्व समुदायलाई व्यवस्थित हितको लागि शासन व्यवस्था, नीति निर्माण तथा सारा मानिसको हितमा निर्णय लिई समर्पण गर्ने प्रतिबद्धता नै राजनीति हो।
नेपाली शब्दकोश अनुसार-राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति वा त्यस्तो गतिविधि, राज्य सत्ता वा शक्ति प्राप्त गर्न कुनै व्यक्ति वा समूहले सञ्चालन गर्ने गतिविधि र विविध किसिमको चलाखी दाउपेच भन्ने उल्लेख छ।
राजनीति शब्द संस्कृतको”राज”(शासन) र”नीति”,(नियम वा प्रणाली) बाट बनेको हो यसले अर्थराज्य सञ्चालनको कला वा विज्ञान हो।
राजनीति कुनै पनि समाज वा राज्य राजको लागि बनाइने नियम हो, जसले राज्यका गतिविधि सञ्चालन गर्दछ। समाज, समुदाय, र राष्ट्रको भावना नचाहने, नबुझ्ने व्यक्ति, हिँड्ने बाटो होइन। यो दुःखको , समर्पण, र इमान्दारिताको बाटो हो। दूरदृष्टि सोच राखेर बृहत्तर हितका लागि गरिने समर्पण हो, जसले त्याग र दूरदृष्टि चिन्तन लिन्छ, त्यसैको आडमा राष्ट्रको भविष्य निर्माण हुन जान्छ।
राजनीतिक प्रणाली-
क-लोकतन्त्र-
जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले शासन गर्ने व्यवस्था भएको हुँदा लोकतन्त्र भनिएको हो। यसमा जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शासन गर्दछन्। आम नागरिकहरूले अ-आफ्ना प्रतिनिधिहरू चुन्ने अधिकार हुन्छ, जसले गर्दा सरकारको नीति , नियम, कानुन तथा राज्यलाई आवश्यक पर्ने निर्णयहरू निर्धारण गर्दछन्। यस शासन व्यवस्था मा बहुमतको निर्णय, र अल्पमतको विचारलाई सम्मान गरिन्छ।
यस व्यवस्थामा जनताको शासन व्यवस्था भएको हुँदा नागरिकलाई अभिव्यक्ति, धर्म र आ-आफ्ना विचारहरूको स्वतन्त्रता हुन्छ। यसमा कानुनको पालना स्वतन्त्र, निष्पक्ष र नियमित अध्यावधि निर्वाचन हुनु नै लोकतन्त्रको विधि हो, जसले नागरिकहरूलाई समानता, सहभागिता, र स्वतन्त्रको अवसर प्रदान गर्दछ।
ख-तानाशाही-
कुनै व्यक्ति, समूह वा दलले सम्पूर्ण राज्यशक्ति नियन्त्रणमा लि नागरिकका मौलिक अधिकारहरू सीमित वा पूर्णरूपमा नष्ट गरिने व्यवस्थालाई तानाशाही भनिन्छ। यस व्यवस्थामा राज्यमा भएको सम्पूर्ण शक्ति एक व्यक्ति वा सानो समूहको हितमा रहेको हुन्छ, जसले गर्दा आम नागरिकहरूको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, र अभिव्यक्ति स्वतन्त्रता प्रति निया जब गरी शासन टिकाई राख्न दमन गरिन्छ। सामाजिक न्यायिक प्रभावपारी ऐन कानुन शासककर्ताको इच्छा अनुसार बदलिन्छ।
यस्तैगरी सञ्चार क्षेत्रमा सरकारका समर्थनलाई मात्र समाचार सम्प्रेषण गर्न लगाइन्छ। त्यसैले चुनाव बिना वा लुटतन्त्रको भोट तन्त्र प्रयोग गरी सत्ता कायम राख्दा, जनताको अधिकार हनन हुन्छ।
ग-समाजवाद-
समाजवाद राजनीतिक, आर्थिक, र सामाजिक सिद्धान्तमा आधारित समाजमा सामाजिक न्याय, सामूहिक हितमा राखी उत्पादनका साधनहरू निजी स्वामित्वको सट्टा समानताको आधारमा राज्य वा सामूहिक स्वामित्वमा कायम राख्ने भएको हुँद समाजवाद भनिएको हो।
यसले समाजका सबै वर्गहरूको हितमा समान अवसर अधिकार प्रदान गर्ने लक्ष्य राख्दछ। यसमा विशेष गरेर कल कारखाना, उद्योग धन्दा, र राज्यका स्रोत सेवाहरू सरकार वा प्रत्यायोजित कानुन बमोजिम समुदायको नियन्त्रणमा राखी गरिबी न्यूनीकरण, रोजगारी, शिक्षा, स्वास्थ्य आदिमा राज्यको नियन्त्रण लिई श्रमिक वर्गको अधिकार र जीवनस्तर सुधार गर्ने नीति तय गर्दछ। यसमा निजी नाफाभन्दा सामाजिक सेवालाई पहिलो श्रेय लिन्छ, जहाँ अर्थतन्त्र समाजवादी र पुँजीवादी प्रणालीको मिश्रण हुन्छ।
घ-राजतन्त्र-
राजतन्त्र भनेको राज्य शासन प्रणालीको सर्वोच्च शक्ति संस्था हो। राजतन्त्रमा शासन प्रशारणगत रूपमा हस्तान्तरण हुन्छ। राजा रानीले आफ्नो सन्तानलाई रोल क्रममा जेठा छोरालाई युवराज घोषित गरी गति हस्तान्तरण गर्दछन, जसलाई वंशानुगत हस्तान्तरण भनिन्छ।
संसारमा राजतन्त्रक दुई प्रकारका पाइन्छ, जसमा निरंकुश राजतन्त्र र संवैधानिक राजतन्त्र।
१ निरङ्कुश राजतन्त्र-
निरङ्कुश राजतन्त्रमा राजाले राज्यको सम्पूर्ण शासनसत्ता आफ्नो अधिकारमा लिई आफ्नो निर्णय सर्वपरि ठानी राज्य सञ्चालन गरेका हुन्छन्। यस्तो खालको राजतन्त्रलाई निरङ्कुश राजतन्त्र भनिन्छ।
२-संवैधानिक राजतन्त्र
वंशानुगत राजतन्त्रमा राजसंस्था रहन्छ, तर राज्यको शासनशक्ति निर्वाचित सरकारसँग रहन्छ। राजा रानी प्रतीकात्मक राष्ट्रप्रमुख मात्र हुन्छन्।
राजसंस्थाको नेतृत्व बसाउनुगत हुँदा निरंकुश वा संवैधानिक प्रणालीमा आधारित हुन्छन्। अहिले आएर एक्काइसौँ शताब्दीमा कमै मात्रामा निरंकुश राजतन्त्र संस्था एकताको प्रतीकमा लिने गरेको देखिन्छ, जसले गर्दा स्थायी राष्ट्र प्रमुख (राजा-रानी) रहन्छ। त्यसैले यस संस्थालाई परम्पराको अभिन्न अंश मान्दछन्।
धार्मिक परम्पराले बताएअनुसार, राजतन्त्रलाई दैविक शक्ति को रूपमा लिई सामाजिक स्थायित्वको प्रतिकको रूपमा हेरी जसलाई भगवान विष्णुको अंश (राजर्शी) र धर्म अनुसार शासन गर्दछन्। ईसाई परम्परामा पनि राजालाई परमेश्वर सिधा शक्ति प्राप्त भएको विश्वास गरिन्थ्यो।
ड’-कम्युनिस्ट-
समाजमा वर्गहीन रहित सम्पत्ति र स्रोत साधनहरूको समान वितरक, श्रमिक वर्गको आधारको लागि पुँजीवादको विरोध गर्नु कम्युनिष्ट भनिन्छ, जसले भौतिक द्वन्दवादमा विश्वासलीई संसार बदल्न चाहन्छ।
रुस, क्युबा, चीन , उत्तर कोरिया जस्ता देशहरूमा कम्युनिष्ट शासन रहेको छ। कम्युनिष्ट वर्गविहीन समाज सामूही स्वामित्व, केन्द्रीय योजना, र सामाजिक न्यायिक, श्रमिक अधिकार भयो भने समाजवाद हुँदै साम्यवाद पुग्ने विशेषताहरू हुन्, भने अहिले नयाँ विचारहिनताको राजनीतिको खोल ओढेर धज्जी उडाउँदै आएको नेपालको वर्तमान परिस्थिति हो।
निष्कर्ष-
राजनीति स्थायित्वको लागि राज्यको नीति, नियम, कानुन हुँदैन, तबसम्म राज्य व्यवस्थित हुँदैन, जसका लागि आफ्नो स्वार्थ, लोभ-लालोचा, नातावाद, कृपावाद, आफ्नो सुखहरूलाई बिर्सि सारा मानव हितमा निर्णय लिई आफ्नो सम्पूर्ण समय समर्पण गर्नु राजनीति हो। माथि उल्लेखित राजनीति प्रणाली अन्तर्गत संसारमा रही आएका र चलिरहेका निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र, कम्युनिष्ट, तानाशाही र लोकतन्त्रमध्ये जुनसुकै तन्त्र भएपनि राजनीति समाज सुधार, समतामूलक शासन, सामाजिक न्याय प्रणालीले जनताको भलो हुन्छ, तर असफल भए भ्रष्टाचार, अराजकता र असमानता बढ्दछ। राजनीति नेतृत्व, नीति र जनचेतनामा भर पर्दछ। राजनीति स्थायी हुँदैन। परिवर्तनले समाजको आवश्यकता गर्दछ, जसमा लोकतन्त्र, अधिनायकत्व समाजवाद रूपान्तरण हुँदै स्वतन्त्रता, समानता र सहकार्यमूलक शासन प्रणाली लामो समयसम्म टिक्न सक्दछ। जसले मुलुकको शान्ति र समृद्धिको निराशा दिन्छ।
अत’राजनीति सधैँको लागि गन्तव्य नभई निरन्तर प्रगतिशील विचारधाराको प्रक्रिया हो, जसले सुधार र असफलता र पुनःसंरचनाको चरणहरू रहिरहन्छन्।