भारत ।
भारतको राजधानी दिल्लीस्थित एक घरमा भीषण आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार बिहान करिब ७ बजेतिर आगलागी भएको हो। आगलागीको सूचना पाएलगत्तै एएनआईका अनुसार करिब ३० वटा दमकल घटनास्थलमा पठाइएको थियो र आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो।
स्थानीय बासिन्दाका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल सञ्चालनमा थियो भने माथिल्लो तलामा मानिसहरू बसोबास गर्दै आएका थिए। घटनाको समयमा घरमा कति जना मानिस थिए भन्ने यकिन विवरण भने अझै खुल्न सकेको छैन।
घटनाप्रति दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दुःख व्यक्त गरेकी छन्। साथै, आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सरकारी सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै आलोचना गरेका छन्।
।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ।









