पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि सञ्चालनमा रहेको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएको थियो। २१ एयरले अमेजनका लागि सञ्चालन गरेको उक्त विमान सान जुआन, पोर्टो रिकोबाट मियामी आएको थियो।

रनवेबाट बाहिरिएपछि विमानले सडक पार गर्दै केही सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगलागी भएको थियो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको र पाँच जना घाइते भएको मियामी–डेड काउन्टीका अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटनालगत्तै ६० भन्दा बढी आपत्कालीन उद्धार टोली तथा करिब २०० जना उद्धारकर्मी घटनास्थलमा परिचालन गरिएको थियो।

उद्धारकर्मीहरूले विमानमा लागेको आगो नियन्त्रणमा लिनुका साथै विमान तथा सवारीसाधनमा फसेका व्यक्तिहरूको उद्धार गरेका थिए।
दुर्घटनापछि विमानस्थलको उडान सेवा केही समय प्रभावित भएको थियो। दुर्घटनाको कारणबारे अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) र संघीय उड्डयन प्रशासन (FAA) ले अनुसन्धान सुरु गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्