Photo : Nepal Police
काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले बगाएको घरभित्रबाट चण्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।
स्थानीयका अनुसार बाढीले उनको घर बगाएर करिब ५० मिटर पर पुर्याएको थियो। घरभित्रबाट मानिसको आवाज आएपछि प्रहरीले उद्धार गरेको हो।
उद्धारपछि चण्डिकालाई उपचारका लागि छाउनी अस्पताल ल्याइएको छ। उनका श्रीमान् भने अझै सम्पर्कविहीन छन्।
यसअघि बाढी प्रभावित क्षेत्रका विभिन्न संरचनाबाट तीन जनाको जीवित उद्धार गरिएको थियो। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।









