शिक्षा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

✍️ दुर्गादत्त भुसाल  (स्याङ्जा,भिरकोटे) ।
शिक्षा बोल्न सक्ने, देखेर, सुनेर, अनुभव  गरेर, र पढेर प्राप्त हुने ज्ञानलाई शिक्षा भनिन्छ। वैदिक प्राचीन युगमा शिक्षालाई आध्यात्मिक, नैतिक, दार्शनिक तथा व्यावहारिक ज्ञानको रूपमा लिइन्थ्यो। वैदिक शिक्षाले जीवनको सत्कर्म, नैतिकता तथा आत्मज्ञानलाई प्राथमिकता दिन्छ। यस शिक्षामा वेदव्यास ऋषिले हालको तनहु व्यास नगरपालिका व्यास गुफामा तपस्या को आश्रमले वेद रचना गरेको भन्ने धार्मिक मान्यता छ। जसमा चारवेद (ऋग्वेद, यदुर्वेद, सामवेद अथर्वेद,) हुन्।
यस्तै गरी पाणिक ऋषि नेपालको अर्घाखाँची जिल्ला पाणिक्य गाउँपालिकास्थित ध्यानकेन्द्रबाट स्वर, वर्ण र व्यञ्जनको वर्गीकरण प्रणालीबद्ध व्याख्या र न्यायवली निर्माण गरी संस्कृत भाषाको ध्वानी प्रणालीलाई व्यवस्थित रूपमा विचार दिँदै, उनले वर्णमालालाई मौखिक रुपमा विकास गरे। । वेदव्यास नेपालको तनहुँ जिल्ला व्यास नगरपालिका दमौली ब्यास गुफामा आश्रमलीई चार वेदको रचना गरेको हुँदा नेपाली पद्धति को विकास भएको हो भन्ने कुरा बिर्सन हुँदैन।

वैदिक कालको शिक्षामा गुरुशिष्य परम्पराअनुसार विद्यार्थीहरूलाई शिक्षा दिँदा,, योग, यज्ञ, वेद पाठ, आयुर्वेद गणित (ज्योतिष) तथा धर्मशास्त्रको माध्यम समावेश हुन्थ्यो।

आधुनिक कालमा आएर शिक्षालाई तीन भागमा बाढीको देखिन्छ।

भाषा शिक्षा, गणित शिक्षा र कला शिक्षा

भाषा शिक्षा
भाषाको श्रवण, ज्ञान र सीपलाई शिक्षाविधिको सहायताबाट सिकाउने प्रक्रिया हो, जसले गुरु र चेलाबीचको सम्बन्ध कायम गर्दछ।, गुरु चेलाबाट भाषा शिक्षाले शिष्यहरूलाई बोल्न, विचार गर्न, लेखाइ र भाषाको व्याकरण, शब्दहरू अभ्यास गर्न र अभ्यास गराई, विचारबाट शिक्षाको सिप सुधार्ने क्षमताको वृद्धि विकास गर्दछ।

गणित शिक्षा
सिद्धान्त, सूत्र र प्रयोगलाई सिकाउने, बुझाउने, समस्या समाधान गर्ने क्षमतालाई गणित शिक्षा भनिन्छ, जसले सही विश्लेषण र गणनात्मक सीप विकास गरी गणितको दैनिक जीवन विज्ञानको अभिरुचि बढाउने काम गर्दछ। यसले परीक्षालाई हटाई प्राविधिक र डिजिटल साधन सिक्ने र सिकाउने सरल उपाय हो।

–  कला शिक्षा
जो जससँग ज्ञान र कला छ, उसले सिर्जना पनि गर्न सक्दछ, जसलाई कला शिक्षा भनिन्छ ज्ञान र सीपले कलाको सिर्जना गर्दा विद्यार्थीहरूले विभिन्न खालका चित्रकला, मूर्तिकला, संगीत, नाटक, डिजिटल कला र अन्य कलाको अनुभव गर्न र व्यक्त गर्न सिकाउने कला नै शिक्षा हो। यसकारणले आफूसँग भएको सिर्जनात्मक कला, आत्मबल, सांस्कृतिक ज्ञान र व्यावसायिक अवसर प्राप्त गर्न सक्दछ। आफूसँग रहेको कला, स्वर, वाद्यवादन, औ, रचना, नाटक लेखनमा मद्दत गर्दछ , जसले गर्दा आत्मनिर्भरतालाई सक्षम बनाउँदछ। यसका लागि वैदिक धार्मिक परम्परागत बाध्यवादन, सुर-ताल, नित्य भजन कीर्तन, बाजा, बेन बाजा आदिको उत्सव मेला विवाह आदिमा कार्यक्रम गर्दै आएको देखिन्छ।
परम्परागत वैदिक जगअनुसार आधुनिक कालमा आएर, यस शिक्षाको तयारीको लागि नेपालमा पनि ललितकला कलेज, विश्वविद्यालय जस्ता संस्थाहरूले उच्च अध्ययनलाई जोड दिएको छ।

–  वैदिक शिक्षा
वेदको ज्ञान सिद्धान्त र शिक्षण पद्धतिलाई बुझाउँदछ। यो प्राचीन भारतको नभई नेपाली पद्धति हो, जसले गर्दा नैतिक आध्यात्मिक तथा व्यावहारिक ज्ञान समावेश भएको छ। यस शिक्षाले मानव जीवनको उच्च उल्लेखनीय धर्म, सत्कर्म, नैतिकता र आफूमा रहेको आत्मज्ञानलाई पहिलो प्राथमिकता दिन्छ। जस अन्तर्गत ऋग्वेद, सामवेद, यदुर्वेद र अथर्वेदमा आधारित ज्ञानतत्व प्रदान गर्दछ। यसमा गुरु शिष्य परम्परा अनुसार शिष्यलाई शिक्षा दिनुपर्दथ्यो, जसले गर्दा ध्यान, योग, स्मरण शक्ति यज्ञ यज्ञादि, आयुर्वेद, ज्योतिष गणित तथा धर्महरूको शक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ।

निष्कर्ष
शिक्षा मानव जीवन बुझ्ने र बाँच्न र बचाउनको लागि चाहिने सीपको कला हो। नेतृत्व सिप भएको व्यक्तिले दिएका वा तोकिएका कार्यसम्पादन मानवहरूलाई साथमा लिएर हाक्न सक्दछन्, जसले निर्णयसँगै निर्णय कार्यान्वयनको योजना तर्जुमा गर्ने व्यवस्थापन सिप भएकाहरू नै सक्षम हुन्छन्।

परम्परागत वैदेशिक शिक्षा र आधुनिक शिक्षालाई राखी नविनतम सोचमा शिक्षा प्रणाली, वैज्ञानिक तथा व्यावहारिक ज्ञान हुन्छ ,जसले नबिन  शिक्षा आलोचनात्मक सोच र रचनात्मक पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारी बोधको व्यावहारिक कुशलताको विकसित रूप दिन्छ।

अहिलेको योमा डिजिटल लर्निङ, स्मार्ट कक्षा अनलाइन, इन्टरनेट जानकारी दिने माध्यम हो। जसले गर्दा मानव व्यक्तित्व विकास समस्या समाधान र समाजको सकारात्मक सोच बदल्ने साधन हो।
लेखक नियमित रुपमा सिटीपाेखरा डटकममा लेख लेख्ने गर्नुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्