गण्डकी कोटिहोम महायज्ञ उत्तम ठाउँमा, सबै जुटेर सफल बनाऔँ : वडा अध्यक्ष प्रधानाङ्ग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा जारी ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को रौनक बढ्दै गएको छ। महायज्ञको पूर्वतयारीस्वरूप आयोजित श्रीमद्भागवत कथा प्रवचन कार्यक्रममा स्थानीय भक्तजन, साधुसन्त, सम्मानित व्यक्तित्व र राजनीतिक नेताहरूको बाक्लो उपस्थिति देखिएको छ।

शनिबारबाट सुरु भएको कथा प्रवचनको पहिलो दिन सनिवार देवी प्रतिभा र आचार्य शीतल कृष्ण महाराजले भक्तजनलाई कथा सुनाए। सोही अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाले महायज्ञको महत्वबारे बताए । उनले यो धार्मिक अनुष्ठान पोखराको सुन्दर र उपयुक्त स्थानमा आयोजना भएको बताउँदै यसले पोखराको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विचार व्यक्त गरे।

“यो गण्डकी कोटिहोम महायज्ञ पोखराको जनसंख्या र सुन्दरताका हिसाबले एकदमै राम्रो ठाउँमा भइरहेको छ। यसलाई सफल बनाउन हामी सबै पोखराबासीको ठूलो जिम्मेवारी छ, यो हाम्रो कर्तव्य पनि हो,” वडा अध्यक्ष प्रधानाङ्गाले बताए । उनले भने, “पोखरा आफैँमा पर्यटकीय सहर हो। यस्ता धार्मिक कार्यक्रमले पोखरालाई विश्वमाझ चिनाउन र पर्यटन वर्षलाई सफल बनाउन ठूलो योगदान दिनेछ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्