प्रहरी जवानको परीक्षा केन्द्रमै नक्कली परीक्षार्थी पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा आयोजित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थीले परीक्षा दिएको घटना सार्वजनिक भएको छ।

नेपाल प्रहरीको विज्ञापन नं. ०३/०८१-०८२ अन्तर्गतको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेकी एक युवतीलाई पक्राउ गरिएको छ। पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोगको परीक्षा भवनमा शनिबार बिहान ८ बजेबाट सञ्चालित परीक्षा चलिरहेको समयमा ती युवतीलाई पक्राउ गरिएको हो।

आरती कुमारी मण्डलको नाममा परीक्षा दिइरहेकी ती परीक्षार्थीको वास्तविक नाम धनकुटा पाख्रीबास नगरपालिका–५ की १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेको खुलेको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।

घटनाबारे जानकारी दिँदै प्रहरीले ज्ञानुता विश्वकर्मामाथि शिक्षा ऐनअन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ। साथै, परीक्षामा ठगी र नक्कली परीक्षार्थी प्रयोग गराउने गिरोहका अन्य व्यक्तिहरूमाथि पनि निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्