
पोखरा । गण्डकी कोटिहोममा जारी ४१ दिने महायज्ञमा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले धर्मको गहिरो महत्वलाई जोडदार रूपमा प्रस्तुत गर्दै भने, “धर्म बाँच्छ, तर्क होइन। धर्म विवाद गराउने होइन, एकता र सद्भाव फैलाउने माध्यम हो। कोटिहोममा सहभागी हुने सबै दानी हुन्, र उनीहरूको योगदानलाई उच्च सम्मान गरिन्छ।”
महायज्ञको अवसरमा बरालले गण्डकी कोटिहोमको धार्मिक र सामाजिक अभियानप्रति आफ्नो दृढ समर्थन जनाउँदै प्रदेश सरकारले यस्ता पवित्र प्रयासहरूलाई सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे। उनले भनिन्, “धर्मले मानिसलाई राम्रो वा नराम्रो भन्ने होइन, सबैलाई एक अर्काप्रति आदरभाव र सहिष्णुता सिकाउँछ। महायज्ञले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आध्यात्मिक चेतनालाई प्रवर्द्धन गर्ने ठूलो भूमिका खेल्नेछ।”
वैशाख ३ गतेदेखि सुरु भएको गण्डकी कोटिहोम महायज्ञमा देश–विदेशभरिका लाखौं श्रद्धालुको सहभागिता अपेक्षित गरिएको छ।
महायज्ञमा भजन, सत्सङ्ग, कथा प्रवचन, पूजापाठ र सांस्कृतिक प्रस्तुतिहरू भव्य रूपमा सञ्चालन भइरहेका छन्। सुश्री अनुराधा पाण्डेय, देवी प्रतिभा, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायतका प्रतिष्ठित धर्मगुरुहरूले आफ्ना गहन प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक ऊर्जा प्रदान गरिरहेका छन्।
युवापुस्तालाई धर्म र संस्कृतितर्फ अभिमुख गराउन आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ। यी कार्यक्रमहरूले नयाँ पुस्तामा धार्मिक चेतना र सृजनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
सांसद बरालको गहिरो भनाइ र गण्डकी कोटिहोम महायज्ञको यो पहलले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक गौरवलाई नयाँ उचाइमा पु¥याउने दृढ विश्वास लिइएको छ।