
सागर ढकाल / पोखरा । प्रकृति, वन्यजन्तु र संरक्षणका मुद्दालाई उजागर गर्न समर्पित पत्रकार हुन् कृष्णमणि बराल । उनले समाचारमार्फत मात्र होइन फोटोमार्फत पनि संरक्षणका सवालमा तथ्यपरक र गहन ढंगले विषयवस्तु उठान गर्छन् ।
उनको पत्रकारिता यात्रा सन् १९९८ मा स्वतन्त्र पत्रकारको रूपमा सुरु भएको थियो । उनको वास्तविक कथा भने उनको कलम र क्यामेराले प्रकृति संरक्षणको क्षेत्रमा ल्याएको प्रभावशाली परिवर्तनमा झल्किन्छ । दुई दशकभन्दा बढी समयदेखि अन्नपूर्ण पोस्ट, बीबीसी न्यूज नेपाली, हिमालयन टाइम्स र अन्य प्रतिष्ठित मिडियाहरूसँग आबद्ध बरालले आफ्ना लेख र तस्विरहरूमार्फत नेपालको जैविक विविधता र पर्यावरणीय मुद्दाहरूलाई विश्वसामु पु¥याएका छन् ।
पत्रकारिताको यात्राः सत्य र संरक्षणको खोजी
कृष्णमणि बरालको पत्रकारिता यात्रा सन् २००१–२००२ मा समाधान राष्ट्रिय दैनिकमा संवाददाताको रूपमा औपचारिक रूपमा सुरु भयो । त्यसपछि उनले देशान्तर साप्ताहिक, द हिमालयन टाइम्स (२००३–२०१४), र अन्नपूर्ण पोस्ट (२००३ देखि हालसम्म) मा काम गरेका छन् । हाल उनी इचेटरन्यूज डटकम (भलबतगचभलभधक।अयm० का सम्पादक र बीबीसी न्यूज नेपालीका संवाददाता पनि हुन् । उनले नेपाली टाइम्स (२०२१–२०२२) सँग पनि एक वर्ष काम गरेका थिए ।
उनको पत्रकारिता केवल समाचार लेखनमा सीमित छैन् । उनले आफ्नो क्यामेरालाई हतियार बनाएर प्रकृति र वन्यजन्तुको संरक्षणका लागि आवाज उठाएका छन् । विशेषगरी, गिद्ध र सिमसार संरक्षणमा उनको योगदान उल्लेखनीय छ । उनले लेखेका दर्जनौं लेख र आयोजना गरेका फोटो प्रदर्शनीहरूले नेपालको जैविक विविधता र पर्यावरण संरक्षणमा नयाँ चेतना जगाएको छ ।

गिद्ध संरक्षणः एक हृदयस्पर्शी अभियान
कृष्णमणि बरालको बाल्यकालमा पोखराको बैदाम क्षेत्रमा गिद्धहरू सिमलका रूखहरूमा बसेर मरेका जनावरहरू खाने दृश्य सामान्य थियो । तर, शहरीकरण र मानवीय अज्ञानताले गिद्धहरूको बासस्थान र खाद्य श्रृंखला नष्ट हुँदै गयो । नेपालमा गिद्धको जनसंख्या ९९.९९% ले घटेको तथ्यले उनलाई झक्झकायो । सन् २००७ देखि उनले नेपालभर यात्रा गरेर लोपोन्मुख गिद्ध प्रजातिहरूको तस्बिर खिचे र तिनको संरक्षणका लागि आवाज उठाए ।
उनले काठमाडौं, पोखरा र नेपालका विभिन्न भागमा “गिद्ध संरक्षण, वातावरण जोगाऔं“ शीर्षकमा फोटो प्रदर्शनीहरू आयोजना गरे । सन् २००९ मा पोखरामा भएको उनको पहिलो प्रदर्शनीले स्थानीय समुदायमा ठूलो प्रभाव पा¥यो । यी प्रदर्शनीहरूले गिद्धहरूको पारिस्थितिक महत्त्व र तिनलाई जोगाउनुपर्ने आवश्यकताबारे चेतना फैलायो । बरालले लेखेका तीन दर्जनभन्दा बढी लेखहरूले गिद्ध संरक्षणलाई सामाजिक र नीतिगत तहमा बहसको विषय बनायो ।
सिमसार संरक्षणः फेवातालको कथादेखि राष्ट्रिय अभियानसम्म
फेवाताल किनार बैदाममा जन्मिएर हुर्किएका बरालले यो तालको सौन्दर्य र संकट दुवैलाई नजिकबाट नियालेका छन् । शहरीकरण, प्रदूषण र अतिक्रमणले फेवातालको आकार र पानीको गुणस्तरमा आएको ह्रासले उनलाई सिमसार संरक्षणको अभियानमा लाग्न प्रेरित ग¥यो । उनले फेवाताल मात्र होइन, नेपालका विभिन्न सिमसार क्षेत्रहरूको संरक्षणका लागि दर्जनभन्दा बढी लेख लेखे ।
उनको क्यामेराले सिमसारको वास्तविकता कैद ग¥यो । पोखरा र लेखनाथका १२ वटा स्कूलहरूमा उनले सिमसार संरक्षण जागरूकता अभियान चलाए, जसले विद्यार्थी र भावी पुस्तालाई पर्यावरण संरक्षणको महत्त्व बुझायो । पोखरामा आयोजित सिमसार फोटो प्रदर्शनीले सिमसारको पारिस्थितिक महत्व र संकटलाई उजागर ग¥यो ।

सामाजिक र पेशागत योगदान
कृष्णमणि बराल नेपाल पत्रकार महासंघ (FNJ) काु दुई कार्यकालसम्म सभासदस्य (FNJ) कास्कीका सदस्य, र नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव बनेर काम गरेका उनी कन्जर्भेसन नेपाल र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य पनि हुन् । उनले पत्रकारिता, फोटो पत्रकारिता, पंक्षी संरक्षण, प्रकृति संरक्षण, मानवअधिकार, र नेतृत्व विकाससम्बन्धी विभिन्न तालिम र कार्यशालाहरूमा सहभागिता जनाएका छन्।
पुरस्कार र सम्मान
बरालको संरक्षण र पत्रकारिताप्रतिको समर्पणलाई धेरै संस्थाले सम्मान गरेका छन् । उनले प्राप्त गरेका प्रमुख पुरस्कारहरूमा निम्न छन् ः–
– WWF मिडिया इन कन्जर्भेसन अवार्ड २०१२( WWF नेपाल)
– द लाइफ अफ फूड फोटोग्राफी अवार्ड २०१० (विश्व खाद्य कार्यक्रम)
– राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०११ (नेपाल फोटो पत्रकार महासंघ)
– वातावरण पत्रकारिता अवार्ड २०१२ (सिटी डेभलपमेन्ट बैंक)
– गिद्ध संरक्षण अवार्ड २०१४ (बर्ड कन्जर्भेसन नेपाल)
– मिडिया इन कन्जर्भेसन अवार्ड २०२३ (नेपाल फोरम अफ इन्भाइरोन्मेन्टल जर्नलिस्ट्स)
– बायोडाइभर्सिटी कन्जर्भेसन अवार्ड २०२३ (जूलोजिकल सोसाइटी, पृथ्वीनारायण क्याम्पस)
– मिडिया कन्जर्भेसन अवार्ड २०२५ (प्रेस क्लब गण्डकी)

कृष्णमणि बरालको पत्रकारतिाको जीवनी केवल एक पत्रकारको जीवनी होइन; यो प्रकृतिप्रेमी, संरक्षणकर्मी, र सामाजिक परिवर्तनका लागि लड्ने योद्धाको जीवनी हो । उनको कामले नेपालको पर्यावरणीय संकटलाई विश्वसामु ल्याएको छ । उनको फोटो प्रदर्शनीहरू र लेखहरूले गिद्ध र सिमसारको संरक्षणलाई सामाजिक आन्दोलनको रूपमा स्थापित गरेको छ ।
उनको जीवनबाट हामीले सिक्न सक्ने कुरा के हो भने, एउटा व्यक्तिको समर्पण र दृढताले ठूलो परिवर्तन ल्याउन सक्छ । “प्रकृतिको संरक्षण गर्नु हाम हाम्रो दायित्व हो । यदि हामीले गिद्ध र सिमसार जोगाउन सक्यौं भने, हामी सबैको भविष्य पनि जोगाएका हुन्छौं।” उनको क्यामेराले खिचेका तस्बिरहरू र कलमले लेखेका शब्दहरूले नेपालको प्रकृति संरक्षणको इतिहासमा सकरात्मक छाप छोडेका छन् ।
