
पोखरामा रहेर उत्कृष्ट, भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेटले नयाँ बर्ष २०८२ सालको अवसर पारेर नयाँ बर्ष बिशेष अफर कार्यक्रम ल्याएको छ ।
जस अन्तरर्गत पोखरा इन्टरनेटका ग्राहकले १ बर्षको प्याकेजमा फ्रि इन्स्टलेसनसँगै गिफ्ट पनि प्राप्त गर्ने इन्टरनेटकी मार्केटिङ एसिस्टेन्ट दिपा दुलालले जानकारी दिइन् ।
अन्य अफर अन्तरर्गत ५० एमबिपिएस मात्रै ६ हजार ५ सय र १०० एमबिपिएस ७ हजार ५ सयमा उपलब्ध हुने दुलालले उल्लेख गरिन् ।
यस्तै, अफरको साथमा मुभि टिकट, बाराही बेकरीबाट गिफ्ट र १ महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने दुलालको भनाई छ । यो अफर बैशाख १५ गतेसम्म मान्य रहने कम्पनीले जनाएको छ ।
इन्टरनेटले समय समयमा विभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।