७३ औँ कानुन दिवस: न्याय र कानुनको यथार्थपरक दृष्टिकोण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । इशान्त काफ्ले कानुक विद्यार्थी

आज कानुन दिवस अर्थात कानुन तथा न्याय क्षेत्रको सबैभन्दा महत्वपूर्ण दिन । हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आइएको छ ।

प्रजातन्त्रको आगमनसँगै २००८ सालमा प्रधान न्यायालय ऐन जारि भई राजा त्रिभुवनबाट २००९ साल वैशाख २६ गते लालमोहर लगाइएको रहेछ । यसै दिनलाई कानुन दिवसको रुपमा मनाउने गरिन्छ ।

कानुनको इतिहास लामो छ तर मलाई इतिहास भन्दा पनि वर्तमानसँग जोडिन मन लाग्छ । कानुन भन्ने वित्तिकै कता कता न्याय भन्ने शब्द गुन्जिरहन्छ । कानुन न्यायको आशा नै हो । कानुन छ भनेपछि न्यायको आश सबैलाई लाग्छ तर त्यहि आशा निराशा पनि बनेको छ । न्याय आजभोलि राजनितिक पृष्ट ले चल्न सक्ने बनेको छ । कानुन समानता र स्वतन्त्रताका लागि हो तर आज कमजोर वर्गका पिडित पक्षले न्याय पाउने सुनिश्चित भने छैन । यो प्रमाणित गर्न सक्ने क्षमता तपाईं र ममा नहोला तर न्याय कमजोर बनेको अनुभुति सबैले गरेका नै छौँ ।

कानुन सबैको हो ; न्याय अनुभुति सबैले गर्न पाउनुपर्छ । न्याय प्राप्त गर्न राजनितिक शक्ति होइन, मात्र कानुन र त्यसको उचित कार्यान्यवयन को आवश्यकता हुन्छ । नेपालको कानुनि इतिहास कमजोर भने छैन तर वर्तमानमा कानुन तथा न्याय क्षेत्र दिनहुँ कमजोर बन्दै गएको छ । यसको मुल कारण नै राजनितिक शक्तिको गलत प्रयोग हो । चाहे त्यो सामान्य घरको कुनै पदले नछोएको व्यक्ति होस वा जीवन्त : राजनितिमा आवद्ध भएर पदमा रहेको व्यक्ति न्यायको पहुच सबैलाई समान हुनुपर्छ । कानुन सबैलाई समान छ तर यसको कार्यान्यवन पनि सबैलाई समान हुनु आवश्यक छ ।

यस्तो महत्वपूर्ण दिवसमा पनि समस्या नै देखाउनु पर्ने ठुलो विडम्बना नै हो तर पनि अब भने कानुन तथा न्याय क्षेत्र मा विशाल परिवर्तन देखा पर्ने छ भन्ने ठुलो आशा छ । ७३ औँ कानुन दिवसको हार्दिक शुभकामना ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्