
पोखरा । जेनजी आन्दोलन चर्किएसँगै पोखरा महानगरपालिका कार्यालयमा आज दिउँसो प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
सुरुमा महानगरपालिकाको बाहिर नाराबाजी र ढुंगामुढा गरेका प्रदर्शनकारीहरू पछि कार्यालय परिसरमा प्रवेश गरी आगजनीमा उत्रिएका हुन्। आगलागीबाट भवनभित्रबाट बाक्लो धुवाँ निस्किएको देखिएको छ।
घटनास्थलमा ठूलो संख्यामा प्रदर्शनकारीको उपस्थितिसँगै स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। आगलागी नियन्त्रणमा लिन दमकल पनि खटाइएको जनाइएको छ।
हालसम्म क्षतिको विवरण आउन बाँकी छ। प्रशासनले भने घटनास्थल वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।