कारागारबाट फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

कास्की  । जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

कास्की जिल्ला मादी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–१३ बाझपाटन बस्दै आएका ३२ वर्षीय हेम कुमार तामाङलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले साेमबार पक्राउ गरेको हो।

तामाङ २०७० माघ १२ गते कारागार कार्यालय कास्कीबाट फरार भएका थिए। उनीमाथि १३ वर्ष ८ महिना १० दिन कैद सजाय बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई पोखरा महानगरपालिका–१३ स्थित दुई कुलाको मुहान क्षेत्रबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि कारागार कार्यालय कास्कीमा बुझाएको छ।

प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतका अनुसार फरार प्रतिवादीको खोजी कार्यलाई तीव्र बनाइएको र अन्य फरार अभियुक्तहरूलाई समेत पक्राउ गर्ने अभियान जारी रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्