आज हुने भनिएकाे नेपाल आइस हेमजा गोल्डकपको फाइनल खेल भाेलि १२ गते हुने

  • ख-
  • ख+

पाेखरा । आज हुने भनिएकाे छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण हेमजा गोल्डकपको फाइनल खेल स्थगित भएकाे छ ।

आयाेजक संस्था हेमजा युनाईटेडका सहयाेगदाता तथा शुभचिन्तक अनविन कुँवर (विन्दु) काे शुक्रवार सवारी दुर्घटनामा परि असमाहिक निधन भएकाे हुदा फाइनल खेल आजका लागि स्थगित भएकाे क्लवले जनाएकाे छ ।
क्लवका अध्यक्ष इन्द्रबहादुर कुँवरद्वारा विज्ञप्तीमा दुखत घडीमा शाेक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान हाेस साथै दिवंगत आत्माकाे चिर शान्तिकाे कामना गरिएकाे छ ।

यसैविच आज स्थगित फाइनल खेल भाेलि १२ गते हुने क्लवले जनाएकाे छ । फाइनलमा क्यामरुनी क्लव एभिनियर र हेमजा युनाइटेड भिड्नेछन्  ।

हेमजाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् ।

सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्