ट्याक्सी मिटरमा हिड्न नमाने १०३ मा फाेन गर्नुस, तुरुन्त हुन्छ कारवाही :प्र.नि शाह

  • ख-
  • ख+

बालकुमारी पौडेल/पाेखरा । ट्याक्सीमा यात्रा गर्ने अधिकांश यात्रुहरु जानजान या अन्जानमा ठगिएका छन् । विभिन्न समयमा सरकारले ट्याक्सी व्यवसायीसँग जति पटक सम्झाैता गरे पनि कार्यान्वयन भने भईरहेकाे पाईदैन । फलस्वरुप यात्रु सरासर ठगिन बाध्य छन् । ट्याक्सी चालकले मिटरमा यात्रु लैजान नमान्ने, यात्रुलाई गन्तव्यसम्म पुग्न हतार हुदा चालककै रेटमा यात्रु हिड्न बाध्य हुन्छन ।

तर अब भने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियम नमान्ने ट्याक्सीलाई अन द स्पट कारवाहि गर्ने चेतावनी दिएकाे छ । जसका लागि यात्रुले पनि सहयाेग गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरिक्षक प्रकाश शाहले बताए । उनले गण्डकी प्रदेशका ११ जिल्लामा गुड्ने झण्डै २२ सय ट्याक्सीले अनिवार्य रुपमा नियम पालना गर्नुपर्ने बताए । उनले ट्याक्सी मिटरमा ट्याक्सी गुड्न नमानेमा तुरुन्त १०३ नम्वर फाेन गरेर जानकारी गराउन अनुराेध गरेका छन् ।

विस्तृत जानकारी लागि भिडियाे हेर्नुहाेस् ।

 अन्तिम पटक अध्यावधिक गरिएको  0 Viewed

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्