
पोखरा ।
थोक व्यवसायी संघ कास्की,पोखराको आयोजनामा एक दिने कर प्रशिक्षण तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएकोे छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कर्ममा विश्वास गरेर अगाडि बढ्नुपर्ने, आफ्ना पौरखी हातहरुलाई निरन्तरता दिने र ब्यवसायीलाई अझै अघि बढ्नको लागी उत्प्रेरणाको आवश्यक रहेको बताईन् ।
पोखरामा भएका व्यवसायीलाई कसरी सहज तरिकाले अघि लैजाने, व्यवसायीलाई कसरी उत्प्रेरणा दिने र नयाँ व्यवसायीलाई कसरी मार्गदर्शन गर्न सकिन्छ भन्ने कुरा कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोख्रेलले जानकारी गराए।
त्यस्तै कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशव क्षेत्रीले व्यवसायीमा भएका समस्या र उक्त समस्याको कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा सम्बन्धित निकायले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताए।
पोख्रेली व्यवसायीहरुको समस्या समाधानका लागी प्रशिक्षक सन्तोष पोख्रेल र सुधन ज्ञवालीले कर सम्बधी जानकारी दिए ।
संस्थाका अध्यक्ष लेखनाथ सुवेदीको अध्यक्षयतामा भएको कार्यक्रमम लेखनाथ पौड्यालले संचालन गरेका थिए ।